October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चार दिने रेडियो तथा अनलाइन पत्रकारिता तालिम सुरु

  • सेती कर्णाली खबर
  • बुधबार, असार १५, २०७९ १९:५६
चार दिने रेडियो तथा अनलाइन  पत्रकारिता  तालिम सुरु

बाजुरा– नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । हाल जिल्लामा विभिन्न सञ्चार माद्दाममा कार्यरत पत्रकारहरुको क्षमता बिकासका लागि ४ दिने तालिमको उपलब्धि रहने छ ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको प्रमुख आथित्यतामा तालिमको समुद्घाटन भएका छ । नेपाल पत्रकार महासँघ जिल्ला साखा बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा तलिमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी, प्रहरी नायव उपरिक्षक सुर्य थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक गँगादत्त पन्त, सामुदायिक सूचना नेटवर्कका सह सम्पादक एबम् तालिमका प्रशिक्षक लिला प्रकाश चन्द, प्रेस चौतारी नेपाल शुदुरपश्चिम प्रदेश सल्लाहकार कृष्ण ओली, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित लगायत जिल्लाका बरिष्ट पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

तलिममा जिल्लाका विभिन्न सँचार गृहमा कार्यरत ४० जना पत्रकारहरुलाई सहभागी गरिएको छ । ब्यबसायिक पत्रकारितामा क्षमता अभिबृर्दि गर्न के कसरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सकिन्छ र यश बर्षको नीति तथा कार्यक्रममा पनि पेषागत पत्रकारितालाई थप बिकासका लागि पहल गरेको कार्यक्रमका प्रमुख अतिथी एबम् बडीमालिका नगरपालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले मनतब्यमा प्रष्ट पार्नु भएको हो । दिप प्रज्वलन गरेर प्रमुख अतिथीबाट तालिमको उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रमको स्वागत मन्तब्य नेपाल पत्रकार महासँघ बाजुराका उपाध्यक्ष पदम सिँहले गर्नु भएको थियो । चार दिन रेडियो तथा अनलाईन पत्रकारिता तालिमका उद्घाटन कार्यक्रमको सँचालन नेपाल पत्रकार महासँघ बाजुराका सचिब रमित वि.क.ले सञ्चालन गरेका थिए । तालिम असाढ १८ गते सम्पन्न हुनेछ ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार १५, २०७९ १९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट