October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नवनिर्मित भवनको पुजा सम्पन्न । गाउँपालिकाको कार्यालय अस्पतालको दोस्रो तलामा सर्दै

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन ८, २०८० 0५:३८
नवनिर्मित भवनको पुजा सम्पन्न । गाउँपालिकाको कार्यालय अस्पतालको दोस्रो तलामा सर्दै

उमेश जङ्ग शाही ८ फागुन बाजुरा/ जगन्नाथ गाउपालिकाको नवनिर्मित अस्पताल भवनको हिजो हिन्दु परम्परा अनुसार गाउँपालिकाले पुजा सम्पन्न  गरेको छ। नागरिकको सेवा अवरुद्ध नहोस भनेर प्रजातन्त्र दिवस (विदाको दिन) अवसरपारी भवनको पुजा गरेको गाँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताउनु भयो । नवनिर्मित भवन पुजा समारोहमा सबै वडाका अध्यक्षहरु, कर्मचारी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । नवनिर्मित अस्पतालको माथिल्लो तलामा गाउपालिकाको दैनिक काम काज हुने गरि गाउँपालिकाको कार्यालय मंगलबार सर्ने भएको छ। गाँउपालिकाको भवन निर्माण सम्पन्न नहुँदा सम्म गाँउपालिकाको कार्यालय अस्पतालको दोस्रो तलामा रहने गाउँपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत रबिन्द्र बहादुर शाहीले भन्नू भयो । नवनिर्मित भवनको पहिलो तलामा दस सैयाको अस्पताल केहि दिन पछी सञ्चालनमा ल्याउने पहल कदमी जारी रहेको गाउँपालिकाले बताइएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन ८, २०८० 0५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट