August 11, 2026 | मङ्लबार, साउन २६, २०८३

ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३, २०८१ 0४:४३
ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका योजना काम अनुसार दाम लिने ठगीको जमाना सकियो छ।

गाउँपालिकाको निर्माणकार्य योजना पालिकाको लागत अनुसार काम नभएको योजनाको रकम भुक्तानी निकै समस्या हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। विगत समयमा काम मुल्यांकन अनुसार राम्रो गरेको भएपनि पहिलेको भन्दा अहिले काम गुणस्तर बनाउन लागिपरेको छौँ।

पालिका भित्र निर्माण ठेक्का र योजना जोडिएको सातै वडामा सञ्चालनमा आएका अथवा सम्पन्न भएका योजनाहरु काम अनुसार दाम दिइने भएको छ। गाउँपालिकाले बनाएको लागत स्टामेट बराबर काम नहुदा सम्म कुनै रकम भुक्तानी कार्य रोक्ने भएको छ। निर्माण स्थलमा प्राविधिक तथा पालिका अनुगमन अनुसार मात्र रकम भुक्तानी गरिने भएको छ।

जसले गर्दा योजनाको गुणस्तर गर्नेका लागि निर्माणकार्य बलियो र दिगो बनाउन लागी काम कडाइ गरिएको छ। धेरै काम गुणस्तर खालको बनाएको छ। त्यति मात्रै नभएर सानोतिनो मर्मत योजना देखि वृहत् निर्माणका योजना पहिलेको भन्दा अति राम्रो बनाउन तिर लागेका छौ। जतिको काम छ उत्तिकै दाम उपभोक्ता समितिलाई दिने भएको छ।

हिमाली गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ का निर्माण योजना सानो मर्मत देखि निर्माण योजनाहरु २ सय जतिका निर्माण विकास योजना रहेका छन। अहिलेसम्म निर्माण योजना काम अनुसार पालिकाले भुक्तानी दिइने काम भैरहेको छ। अहिले पनि पालिकाको निर्माण योजना स्थलगत अनुगमन संगै प्राविधिक मुल्यांकन भए अनुसार अन्तिम रकम निकासी प्रक्रिया कार्य तिव्र रूपमा लिएको छ।

निर्माण योजना कामहरू सफल बनाउन गाउँपालिका कर्मचारी र उपभोक्ता समितिको विशेष भुमिका रहेको छ। जसले गर्दा हामी सिङ्गो पालिका समृद्धि बनाउने कार्यमा अहिले पनि जहिले पनि जिम्मेवारी उत्तिकै रहेकोे छ। हामी सबै सक्रिय भएर लागेर निर्माणकार्य मध्यनजर गरियो भने हाम्रो पालिका राम्रो पालिका बनाउन सकिने भएको छ। योजना जति छन। तिनीहरु विगतको भन्दा अहिले धेरै सुधार हुँदै गएको छ। पालिका दिएको लागत रकम अनुसार काम निर्माणकार्य स्थलमा सोही योजना भएन भने भुक्तानी गर्ने काममा समस्या पर्ने सक्ने छ। अब ठगीको जमाना सकियो योजना काम अनुसार रकम भुक्तानी प्रक्रिया फाइल अगाडि बढाउने अधिकृत भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३, २०८१ 0४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  