October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २, २०८० 0७:१५
बडिमालिका माविमा सरस्वती पूजा, विभिन्न कार्यक्रम गर्दै मनाए

उमेश रोकाया,बाजुरा- बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। विद्याकी देवी भएकाले विशेष गरी शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेर पुजा गरेका छन। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा हिमाली गाउँपालिका भरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउन लगाएका छन। बिधालय सरस्वती पुजाआजा गर्नुका साथै सास्कृतिक कार्यक्रम देउडा, ठाडो भाग र नित्य जस्ता कार्यक्रम प्रस्तुत गरेर मनाएका छ्न। पुजा गर्दै फलफूल प्रसाद स्वरुप आगन्तुक लाई दिने गरेका बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बताएका छन।

सरस्वती पुजा कार्यक्रम बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाको अध्यक्षबाट कार्यक्रम सञ्चालन गरिएको छ। अतिथि बिधालय प्रधानाध्यापक यादव कुमार पौडेल शिक्षक शिक्षिका सहित बिद्यार्थी भाइबहिनी लगायत अभिभावको बाक्लो सहभागिता सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका बिधालय परिवारले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २, २०८० 0७:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट