जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्ला नेपालगन्ज हाेलि ल्याण्ड कलेज द्रारा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको छ।
नेपालगन्ज उप महानगरपालिका भृकुटी नगरमा अबस्थित हाेलि ल्याण्ड कलेजले खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको छ। एक अनौपचारिक कार्यक्रम बीच सोही कलेजमा अध्यनरत कक्षा ११ का विद्यार्थीहरुलाई २ सय जना भन्दा बढीको उपस्थितिमा बिद्यार्थीलाई खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त वितरण कार्यक्रममा साेहि बिद्यार्थीका शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुकाे उपस्थितिमा सहयोग तथा परिचय परिचयत्मक कार्यक्रम समेत गरेको छ।