October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापरमा ९८ जना उम्मेदवारले मनोनयन दर्ता गरे

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख १३, २०७९ 0६:२१
स्वामिकार्तिक खापरमा ९८ जना उम्मेदवारले मनोनयन दर्ता गरे

उमेश जङ् शाही बाजुरा,बैसाखा ३० गते हुन गइरहेको स्थानिय निर्वाचनका लागि स्वामिकार्तिक खापर गाउँपालिकामा बैसाख ११, १२ गतेका दिन एमाले, नेपाली काङ्ग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले हिजो शान्तिपूर्ण ढंगले गाउँपालिका निर्वाचन कार्यलयमा मनोनयन दर्ता गरेकाछन । स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष उम्मेदवारहरु – एमाले बाट चतुरभुज शाही, एकीकृत समाजवादी र माओवादी गठबन्धनबाट चिरन्जिवि शाही, नेपाली काङ्ग्रेसबाट भरत रोकाया,राप्रपाबाट समुन्द्र शाही, स्वतन्त्र उम्मेदवार गाउपालिका अध्यक्षमा विमल शाहीले मनोनयन दर्ता गराएका छन तेस्तै गाउँपालिका उपाध्यक्ष एमाले बाट सुलोचना भण्डारी ,नेपाली काङ्ग्रेसबाट मैना जोसी, एकिकृत समाजवादी र माओवादी केन्द्र गठबन्धनबाट शुरेस रोकाया , स्वतन्त्रबाट गाउँपालीका उपाध्यक्ष विरसिङ बिक र अप्सरा शाही रहेका छन । स्वामिकार्तिक खापर गाउँपालिका वडा १ अध्यक्षउम्मेदवारहरु – ए. समाजवादी र माओवादी गठबन्धनबाट अजय बिक, नेकपा एमाले मान रावल, नेपाली काङग्रेसबाट कार्तिके कामी, राप्रपा बाट नन्दलाल रावल, जनता समाजवादीबाट साउने कामी,स्वतन्त्र वडाअध्यक्ष प्रदिपे कामि र लक्ष्मि रोकायाले मनोनयन दर्ता गराएका हुन । वडा नं२ साप्पाटा का अध्यक्ष उम्मेदवारहरु- ए. समाजवादी र माओवादी गठबन्धन बाट अर्थराज बुढा , एमालेबाट मन बहादुर महतारा, नेपाली काङ्ग्रेसबाट बिस्नु बुढाले मनोनयन दर्ता गराएका छन।जुकोट वडा नं. ३ जुकोट अध्यक्ष उम्मेदवारहरु – एमाले प्रेम कटेल ,ए.समाजवादी र माओवादी गठबन्धनबाट कुबेर सिह , नेपाली काङ्ग्रेस बाट दयाल शाही, राप्रपाबाट जित ब. शाही, स्वतन्त्र उम्मेदवारहरु उत्तम शाही, कल्कि शाही, गौरव शाही रहेका छन। वडा नं. ४ वाई वडा अध्यक्ष उम्मेदवारहरु – समाजवादी र माओवादी गठबन्धन बाट धर्म महतारा, नेपाली काङ्ग्रेस बाट सिह धामी, एमालेबाट लोक जङ्ग हमाल, वडा नंं. ५ जेरा वडा अध्यक्ष उम्मेदवारहरु- नेपाली काङ्ग्रेसबाट अमर सिह, एमालेबाट रविन्द्र शाही, समाजवादी र माओवादी गठबन्धनबाट जयलाल शाहीले मनोनयन दर्ता गराएका छन । स्वामिकार्तिक खापर गाउपालिकाका अध्यक्षका उम्मेदवारहरु, ५वडा अध्यक्षका उम्मेदवारहरु , ५ वडाका दलित महिला सदस्य, महिला सदस्य,खुल्ला सदस्य र स्वतन्त्र उम्मेदवार गरि जम्मा ९८ उम्मेदवारहरुले शान्तिपुर्ण ढंगले निर्वाचन कार्यालय स्वामिकार्तिकमा मनोनयन दर्ता सम्पन्न गराएको निर्वाचन अधिकृत शिवहरी शुबेदीले सेतिकर्णाली खबरलाई जानकारी दिनु भएको छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख १३, २०७९ 0६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट