October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 00:३१
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा । बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल दर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाडी दुर्घटना हुँदा कुनै मानविय क्षती भएको छैन भने सडक पनि अवरोध नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।

दुर्घटना भएको स्थानमा अहिले प्रहरीको टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 00:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट