October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रहरी श्रीमती संघद्धारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १४:१0
प्रहरी श्रीमती संघद्धारा विपन्न परिवारलाई  न्यानो कपडा वितरण

बाजुरा -बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाका विपन्न परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ ।
नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । सोमबार बडीमालिका नगरपालिका वडा नं २ को भौनेराका २८ जना र र वाड न ९ का १२ जना बिपन्न परिवार लाई न्यानाे कपडा (बलाङ्केट)बितरण गरेका हुन् ।जाडाे महिनामा न्यानो होस् भन्ने उद्देश्यका साथ न्यानाे कपडा (ब्लाङकेट) वितरण गरिएको नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष एकता बोहराले जानकारी दिनुभयो ।

बाजुराको आर्थिक, भौतिक तथा सामाजिक अवस्था बुझ्न काे लागि आफू बाजुरा पुगेकाे नेपाल प्रहरी श्रीमती संघका केन्दिय अध्यक्ष श्रमिती लक्ष्मी कुँवरले बताउनु भयकाे हाे ।

आफ्नाे वडामा विभिन्न समयमा आएको बाढी पहिरो पडीत, अग्नी पिडीत,प्रकोप पिडीत, एकल महिला तथा विपन्न परिवारलाई न्यानो लुगा समेत बितरण गरेकाे ब न पा का २का वडा अध्यक्ष डम्मर बहादुर महतले बताएका छन् ।

‘ सेवा नै धर्म हो’ भन्ने हेतुका साथ स्थापित गरिएकाे एक मुनाफा रहित नेपाल प्रहरी श्रीमती संघले देशभरका महिला, बालबालिका, विपन्न र सामाजिक रुपमा पछाडी पारिएका वर्गहरुको क्षेत्रमा काम गर्दै आएको संघका केन्दिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले बताउनुभयो । उहाँले नेपाल प्रहरी श्रीमती संघले श्रीमती संघले देशभरका सिमान्तकृत बर्गका लागि सिलाई कटाई तथा अन्य उद्यमका तालिम समेत प्रदान गरी व्यवसायिक बनाउने, आफ्नो हक अधिकारका बारेमा सुसुतिच गराउने, सहकारी तथा समुह मार्फत संगठित गरी पुँजी परिचालन गर्न लगाउन, अति विपन्न व्यक्तीलाई स्थनिय सरकारसंग सहकार्य गरी आवश्यक सहयोग तथा परामर्श दिन लगाउने लगायतका सामाजिक क्रियाकलापहरु गर्दै अगाडी बढीरहेको पनि बताउनुभएकाे छ ।
नेपाल प्रहरीका श्रीमती संगठित भई सो सार्फत समाज रुपान्तरणको उद्देश्यका साथ सो संगठन स्थापना भएको पनि अध्यक्ष कुँवरको बताउनु भएकाे छ ।
महिला मार्फत नै महिला शसक्तीकरणका क्रियाकलाप गर्न झनै सहज हुने भन्दै बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले बाजुराका महिलाको पिडालाई देखेर सोही अनुसार संघ मार्फत बाजुरका लागि शसक्तीकरणका क्रियाकलाप गर्न अनुरोध समेत गरेकी छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट