October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विरेन्द्रनगरमा बर्डफ्लु देखियो

  • सेती कर्णाली खबर
  • बिहिबार, असार ९, २०७९ १0:२८
विरेन्द्रनगरमा बर्डफ्लु  देखियो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए ।

‘फर्ममा पालेका टर्की मरेपछि सञ्चालकले हामीलाई खवर गर्नु भएको थियो,’ निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भने, ‘पशुपन्छी तथा रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लू पुष्टी भएको छ । पशु चिकित्सकको टोली त्यो क्षेत्रमा गएर थप अनुसन्धान शुरु गर्दै हुनुहुन्छ ।’


सूचना अधिकारी चपाइँकाअनुसार उक्त फर्ममा करिव साना ठूला एक हजार पाँच सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मार्ने तयारी भइरहेको चपाईँले बताए । उनले बर्डफ्लू देखिएको केन्द्रदेखी चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्न लागेको जनाए ।- nepaliraibar.com

  • सेती कर्णाली खबर
  • बिहिबार, असार ९, २०७९ १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट