October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस ६, २०८० ११:४१
हिमालीमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन समारोह सुरु भएको छ।

“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड सुरु गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षता रनिङ शिल्ड उद्घाटन गरि सञ्चालन गरिएको कार्यक्रम सञ्चालक धर्मराज पाण्डेले बताएका छ्न।

गाउँपालिका रहेका ८ वटा माध्यमिक बिधालय खेलाडीहरुको सहभागिता रहेका छन। शुक्रबार एक औपचारिक गरेर कार्यक्रम भएको छ। कार्यक्रम समापन संगै दौड (ट्र्याक) तर्फ छात्र/छात्रा १०० मिटर २०० मिटर दौड गराएका छन। खेलकुद प्रतियोगिता पौष ८ गतेसम्म सञ्चालन हुने आयोजक हिमाली गाउँपालिकाले बताएको छ।

खेल एउटा राष्ट्र गहना हुन हाम्रो गाउँपालिकामा खेलाडी उत्पादन गर्नका निम्ति विभिन्न किसिमका मिनि तथा कार्यक्रम बनाएको छ। पहिलो भन्दा अहिले खेल क्षेत्रमा राम्रो हुँदै गइरहेको छ। खेल क्षेत्रमा मात्र शिक्षा क्षेत्रमा लगानी पालिका हिसाबले उच्च लगानी रहेकोे गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ। खेल स्वच्छ र निस्पक्ष गराउन प्रशिक्षक आग्रह गर्दै खेलाडी मित्रलाई जित शुभकामना दिदै तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समापन पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले गरिएको कार्यक्रम सञ्चालक पाण्डेले बताएका छन।

उक्त कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अध्यक्षतामा कार्यक्रम सञ्चालन गरेका छन। सोही कार्यक्रम हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी पालिका भित्रका ७ वडाका वडा अध्यक्षहरु बिधालय प्रधानाध्यापक र बिधालय व्यवस्थापन समितिका अध्यक्ष खेल प्रशिक्षक संगै खेलाडीहरु लगायत सुरक्षाकर्मी स्थानीयहरुको बाक्लो सहभागिता तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड पौष ६ गते शुक्रबारबाट सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस ६, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट