October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सामुदायिक वनमा वडा अध्यक्ष बुढा सहितको टोली अनुगमन

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० २0:0६
सामुदायिक वनमा वडा अध्यक्ष बुढा सहितको टोली अनुगमन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बाको छिदुफुलसैन सामुदायिक वनमा वडा अध्यक्ष मंगल बुढा लगायत टोली अनुगमन गरेका छन।

उक्त सामुदायिक वनमा वन डिभिजन कार्यालय कर्मचारी सोही वडाका वडा अध्यक्ष मंगल बुढा, सामुदायिक बनका अध्यक्ष नर बहादुर गुरुङ र जिल्ला वन महासंघ बाजुरा उपाध्यक्ष अर्जुन रोकाया बिच्छा अस्थायी प्रहरी चौकी लगायत स्थानीय सहभागिता रहेर सामुदायिक वन अनुगमन गरिएको छ। गुम्बा छिदुफुलसैन र चाल्लाभार चाखरे सामुदायिक वनमा कुनै किसिमको आधिकारिक निर्णय र एकल पुर्जी विना कुनै किसिमको जडिबुटी र जंगली जनावर, किरामिरा ओसारपसार काहिँ कसैले नगर्ने भनिएको छ।

सामुदायिक वनमा यदि कोही कसैले वनमा चोरी सिकारी गरेको खण्डमा वन ऐन बमोजिम कानुनी प्रक्रिया समेत गरिने भएको हिमाली गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो। त्यस संगै रानिसैन पर्यटक क्षेत्रलाई पर्यटन क्षेत्र बनाउन हुम्ला नाखा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य नयामजोक लामा त्यहा स्थानीय बासिन्दा र हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढा स्थानीय सहभागिता गराएर स्थानीय प्रदेश र संघ सरकारलाई पुर्‍याउने दोहोरो कागज बनाएको अध्यक्ष बुढाले बताएका छ्न।

रानिसैन पर्यटन क्षेत्रलाई विकास उच्च स्तरमा पुर्‍याउन दुबै पक्षले एक आपसमा मिलिजुली काम गर्ने भएको छ। रानिसैन लाई पर्यटन संगै प्रबर्द्धन गराउन दुबै जिल्लाका जनप्रतिनिधि लागिपर्ने भनेर लेखित कागज बनाइरहेका छौ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० २0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट