October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विश्व हिन्दु युवासंघ बाजुरा द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण पत्र

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० १३:२७
विश्व हिन्दु युवासंघ बाजुरा  द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण  पत्र

मीन खड्का ११, भदौ
बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार विश्व हिन्दु युवा संघ बाजुराका उपाअध्यक्ष बल बहादुर बोहराको नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन्।


राष्ट्रिय जनावर गाईलाई पाल्दै गहुँत गोबर समेत पुजा आजा गरि दुग्धजन्य खानेकुराका लागि समेत पवित्र र आध्यात्मिक र साास्कृतिक तथा सामाजिक मान्यता रहेको भन्दै युवासंघ बाजुरा शाखाले गौहत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । नेपालको कानुन बिपरित गौहत्या गरिएको प्रति विश्व हिन्दु युवा संघ बाजुराको गम्भिर ध्यानाकर्षण भएको युवा संघले ज्ञापन पत्र मार्फत भनेको छ ।

शान्ति खलल पुर्याउने गरी भइरहेको गतिबिधि तत्काल नियन्त्रण गरी दोषिलाई कारबाही गर्न समेत माग गरेको छ । देशभर आन्दोलन जाी रहेकाले बाजुरामा पनि दोषि उपर कारबाही नभएसम्म आन्दोलन जारी रहने विश्व हिन्दु युवा संघ बाजुराका उपाअध्यक्ष बल बहादुर बोहराले बताएका छन् । आजदेखी बानुरामा पनि आन्दोलनका चरणहरु सरु भएको बताउदै थप आन्दोलनका चरणहरु अगाडी बढाइने उनको भनाई छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट