October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० १0:0३
उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए ।

अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएको बुढीगंगा नगरपालिका–१० का वडा अध्यक्ष दलबहादुर साउँदले बताएका छन् ।

व्यथाले च्यापेपछि सोही वडाको पानीभुवाँ भन्ने ठाउकाे सडकमा ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएको बताईएको छ । स्वंयम वडा अध्यक्ष दल बहादुर साउँद, स्वास्थ्य ईन्चार्ज लक्ष्मी जोशीको रोहवरमा अनमी सिर्जना सार्कीले सुत्केरी गराउन सफल भएको साउदले बतायका छन्। यश अघि बडिमालिका एक कि एक महिलाले समेत बाटैमा बच्चा जन्माएकी थिन् बाजुरामा भाैगाेलिक कठिनाईका कारण यस्ताे समस्या बढी देखिन्छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट