October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा नगरपालिका शाक्षरता घोषणा

  • सेती कर्णाली खबर
  • शनिबार, असार २५, २०७९ १३:४७
बुढिनन्दा नगरपालिका शाक्षरता घोषणा

बाजुरा – जिल्लाको बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ ।

असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता  पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक साक्षर रहेको सर्वेक्षण अनुसार नगरपालिकालाई साक्षर घोषणा गरिएको शिक्षा अधिकृत दयाराम जोशिको भनाइ छ ।

जोसीका अनुसार नगरपालिकाका ३ हजार ९ सय ३७ घरधुरीमा १३ हजार १ सय ५६ जनसंख्या रहेको छ । जसमा ६ वटा सुचक भन्दा बढि जान्नेको संख्या १३ हजार १ सय ५६ अर्थात ९८ प्रतिशत साक्षर रहेको बताइएको छ।

जसमा २ सय ६६ जना अर्थात २ प्रतिशत निरक्षर वा ६ वटा सुचक भन्दा कम जान्नेको संख्या रहेको जोशिको भनाई छ । नगरपालिकाका १० वटा वडा मध्य सबै भन्दा बढि साक्षर वडा नं. २ र ७ मा सय प्रतिशत नै रहेको छ भने सबै भन्दा कम वडा नं. ९ मा ९६ प्रतिशत साक्षर रहेका छन । यस्तै वडा नं. १ मा ९७ प्रतिशत, ३ मा ९८ प्रतिशत, ४ मा ९९ प्रतिशत, ५ मा ९९ प्रतिशत, ६ मा ९७ प्रतिशत, ८ मा ९७ प्रतिशत र १० मा पनि ९७ प्रतिशत साक्षर रहेको शिक्षा यूवा तथा खेलकुद शाखाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाको तथ्यांक अनुसार १ सय ८१ ज्ना महिला निरक्षर रहेका छन भने ८८ जना पुरुष निरक्षर रहेका छन् ।

  • सेती कर्णाली खबर
  • -