October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

४१ आै बिपि जयन्ती मा नेपाली कांग्रेस बाजुरालेविभिन्न बृक्षराेपण तथा विभिन्न कार्यक्रम गरेर मनायाे

  • सेती कर्णाली खबर
  • शनिबार, साउन ६, २०८० १२:४0
४१ आै बिपि जयन्ती मा नेपाली कांग्रेस बाजुरालेविभिन्न  बृक्षराेपण तथा विभिन्न कार्यक्रम गरेर मनायाे

नेपाली काँग्रेस बाजुराले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस बृरक्षराेपण तथा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाजुराले शनिबार पार्टी कार्यालय तथा विपी स्मृती भवनमा विपिको सालिकमा माल्यार्पण सहित विपी स्मृती भवनको परिसर भित्र वृक्षारोपण गरी स्मृती दिबस मनाएको छ ।
कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे । विपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापती कविराज पण्डितले विपीकाे दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई नर्बिसेको बताएका छन् । उनले विपीको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्या र बलिदान को अवस्था अहिले नरहेको ले पनि पार्टी सिद्धान्तबाट विचलित नहुनेमा स्पष्ट पारे । उनले सामूहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्रको हावीले पार्टीलाई आक्रान्त पारेको भनी स्वीकार गरेका हुन् ।
विपीका विचारधारालाई नया पुस्तामा पुर्याउने दाहित्व नेपाली कांग्रेसको रहेकाले साे सिद्दान्त लाई जनसमक्ष लैजान संकल्प गर्नुपर्ने बताएछन् । विपी स्मृती कार्यक्रममा पार्टीका बर्तमान उपसभापती पदम बडुवाल,निवर्तमान पार्टी सभापती कविराज पण्डित,काँग्रेस बडिमालिका नगरसभापती गोपाल कार्की लगाएत जिल्ला कार्यसमिती पदाधिकारी,भातृ संगठनका ने बि संघ र तरुणदलका पदाधिकारी ,सुभेच्छुक सस्थाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

  • सेती कर्णाली खबर
  • शनिबार, साउन ६, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट