July 20, 2024 | शनिबार, साउन ५, २०८१

नेकपा एमाले बाँकेका उपसचिब एकिकृत समाजबादिमा प्रवेस -‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले छाडेँ –

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ८, २०७८ 0७:२१

काठमाडौं । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै धितालले आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको बताएका हुन् । समाजवादी प्रवेश गर्दै धितालले भने,‘एमालेमा रहेका बाँकि साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु ।’

प्रमोद धिताल दशबुंदे सहमति पश्चात एमालेका जिल्ला उपसचिव बनेका थिए । विगत लामो समय देखि बाँकेको कम्युनिस्ट आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएका धितालले केपी ओलीले एमालेलाई विधी र विधान विपरीत चलाउन खोजेको तथा दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको आरोप लगाए । उनले भने, ‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी आवद्ध हुने घोषणा गर्दछु ।’sourya oline

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ८, २०७८ 0७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  