October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रदेश सरकारको औचित्य पुष्टी हुनेगरी काम गर्छौं प्रदेश अर्थमन्त्री शाही

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २९, २०८० १५:४0
प्रदेश सरकारको औचित्य पुष्टी हुनेगरी काम गर्छौं प्रदेश अर्थमन्त्री शाही

बैशाख,२९ धनगढी

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्मि प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भुमिका पुष्टी हुनेगरी काम गर्ने दाविगर्नु भएको छ । आज धनगढीको होटेल डिभुटीमा एभिन्यूज खबर टेलीभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत बजेटबहश कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरु जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा हुन नदिने गरी आफुहरु काममा लागिसकेको बताउनु भएको छ ।

प्र्रदेश सरकारले जनजिविका जनचाहाना जनताका आबश्यकता मा केन्द्रीत भई कामहरु गर्ने र शुसाशन युक्त समाज निमार्णमा लाग्ने बताउनु भएको छ । कार्यक्रमका सहभागिहरुले विगतका सरकार संचालन गर्ने जनप्रतिनिधिहरुले सोचे जस्तो काम नगरेको भन्दै प्रदेश सरकारको भुमिका सोचेजस्तो नभएको भन्दै गुनासो गरेका थिए । गुनासा सम्बोधन गर्दै मन्त्री शाहीले भन्नु भयो विगतका दिनमा कसले केगरे त्यो भन्दा पनि आफुहरुले सुदूरपश्चिमलाई नयाँ मोडालिटिमा विकास गर्ने गरी कामको सुरुवाद गरीसकेको बताउनु भएको छ ।

जनतालाई सरकारको अनुभुति हुनेगरी आफुहरु कामगर्ने र यहि सरकार पाँच वर्ष निरन्तरभयो भने जनताले देख्नेगरी काम गर्ने र सातवटै प्रदेश मध्य सुदुरपश्चिम पर्देश सुशासन युक्क्त भष्ट्राचार मुक्त प्रदेश गर्ने समेत बताउनु भयो । प्रदेश सरकारलाई हेर्ने दृष्टीकोण फरक हुनेगरीकाम हुन्छ अब हामीले प्रदेश सरकार अनिबार्य आवश्यकता छ भन्ने गरी काम गर्ने बताउनु भयो । प्रदेशले योजना छनोट पक्रिया नयाँ तरीकाले अपनाईसकेको समेत बताउनु भयो ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २९, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट