October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकामा अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ६, २०७९ 00:१४
हिमाली गाउँपालिकामा अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम  सम्पन्न

बाजुरा- हिमाली गाउँपालिकामा द्रोसो अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम हिजो सम्पन्न  भएको छ।

स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल अभियानका साथ गाउँपालिकाको भवानी माध्यमिक बिधालय धुलाचौरमा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका कार्यालय धुलाचौर रहेकोे बताएको छ। कार्यक्रम समुद्घाटन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको हातबाट पानसको दियो बालेर संगै ब्यानर पढेर कार्यक्रम समुद्घाटन भएको हो ।

उक्त कार्यक्रम सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले अध्यक्षतामा ग्रहण गर्नु भएको छ। भने अथिति हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, शिक्षा शिक्षा शाखा प्रमुख कविन्द्र राज पाण्डे सबै वडाका वडा अध्यक्ष लगायत माध्यमिक बिधालय खेलाडी तथा शिक्षक सहित स्थानीय बासिन्दाको बाक्लो सहभागिता द्रोसो अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम  भएको गाउँपालिकाले जनाएको छ।

रनिङसिल्ड भलिबल छात्र, छात्रा फुटबल छात्र, हाइजम, लमजम्प ज्यावलिङ थ्रो, दौड छात्र छात्रा १०० मिटर २०० मिटर ३०० मिटर ४०० मिटर रिले दौड ४०० मिटर छात्र छात्रा खेलकुद प्रतिस्पर्धा गरिएको आयोजक बताएको छ। रनिङसिल्ड समावेश माध्यमिक बिधालय हुँदा सात वटा बिधालयका खेलाडी टिम दर्ता गराएर शुक्रबार दिउँसो दौड छात्र छात्रा १०० मिटर २०० मिटर को दौड गरिएको छ। रनिङसिल्ड फागुन ५,६ र ७ गते आइतबार समापन गरिने भएको आयोजक जय प्रकाश पाण्डेले बताएका थिय।

खेल एउटा राष्ट्र गहना भएको हुँदा हिमाली गाउँपालिका बाट खेलकुद बजेट विनियोजन गरी उक्त खेल व्यवस्थापनका लागि सम्पुर्ण खर्च पालिका बाट सहयोग गरिने गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको भनाइ छ। रनिङसिल्ड लाई स्वच्छ प्रतिस्पर्धा गराइ खेल सान्त र मर्यादित  ढङ्गले सम्पन्न  गराउने लक्ष्य रहेको छ।। पहिलो दिनको राष्ट्रपति रनिङसिल्ड कार्यक्रम सुरु गरिएको शुभकामना दिदै स्वागत मन्तव्य राखेको आयोजक सागर रोकायाले जानकारी दिएका हुन।

 

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ६, २०७९ 00:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट