October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा हिमपात :सञ्चार, यातायात, शिक्षा क्षेत्रमा प्रभाव पर्ने सम्भावना

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १४, २०७८ 0३:१२
बाजुरामा हिमपात :सञ्चार, यातायात,  शिक्षा  क्षेत्रमा  प्रभाव पर्ने सम्भावना

बाजुरा —  बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे ।
हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत देशका बिभिन्न जिल्लामा भारी हिमपात भइरहेकाे छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद् बताएका छन ।
यसैबीच लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने यो पानीले निक्कै फाईदा पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाईका विभिन्न बालीलाई फाइदा पुगेको किसानहरुले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफुल र तरकारी लगाएका किसानलाई फाइदा पुगेको बताएका छन ।
बाजुरामा अलीअली हिउँ परेको देखीने बडीमालिका बुढिनन्दा लगायतका उच्च हिमाली क्षेत्रहरु यतीबेला पाैषकाे महिनाकाे मध्यतिर सेताम्बे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका गौमुल गाउँपालिका त्रिबेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछी गाईबस्तुलाइ पानी खुवान समेत समस्या भएको बिभिन्न ठाउँबाट सेतीकर्णाली   खबरलाई जानकारी प्राप्त भएको छ । जिल्लाका    स्वामिकार्तिक खापर गाउपालिका जुकोट खडुल्ली राताकोट ,  हिमाली गाउँपालिका को गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन लगायतका क्षेत्रका किशानहरुलाइ भने समस्या भएको त्यहाँबाट खवर प्राप्त भएको छ । त्यसै गरि पानी संगै परेकाे हिमापातका कारण धेरै ठाउँका बिद्यालय  बन्द हुनुको साथै मार्तडी- कोल्टी सडक खण्ड हिमपातको कारण अवरुद्घ  हुने सम्भावना छ।   बाजुरा जिल्लाको प्रदेश क को अधिकाङस टेलीफोन  टावर र सामुदायिक  रेडीयोका एन्टिनाहरुमा बिद्दुत जडान गरिएको छैन सौर्य उर्जा मार्फत सञ्चालन भएका  थिय ।हिमपातको कारण घाम नलागेपछि  सञ्चार सेवा बन्द भएका छ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १४, २०७८ 0३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट