October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बलत्कार आराेपमा सशस्त्रका जवान सहित ४ जना पक्राउ

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ३१, २०७९ १२:११
बलत्कार आराेपमा सशस्त्रका जवान सहित ४ जना पक्राउ

 

जुद्ध चाैधरी
कञ्चनपुर, अषाढ ३१ । बलत्कार आराेपमा कञ्चनपुरकाे पुनर्वासमा सशस्त्र जवान सहित ४ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेकाे छ ।
पुनर्वास नगरपालिका वार्ड नं. ९ ख गाउँ बस्ने २४ बर्षिय शुसिल बिष्ट, साेहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम प्रसाद ज‌ैशीलाई प्रहरीले पक्राउ गरेको छ ।
बलत्कार घटना अषाढ २३ गते राती भएकाे हाे । पिडित महिलाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएकाे हाे । सुशिल बिष्टले छिमेकी गाउँकी २० बर्षिया महिलालाई बिवाह गर्ने प्रलाेभन देखाएर उखुबारीमा लगेकाे र सुशिलका अन्य साथीहरु पनि अाएर सामुहिक बलत्कार गरेकाे पिडित महिलालाई उद्धृत गर्दै प्रहरी प्रबक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी गराउनु भयाे । सुशिल बिष्ट र पिडित महिलाको पहिले देखि प्रेम सम्बन्ध रहेकाे प्रहरीले जनाएको छ । आराेपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ३१, २०७९ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट