उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन।
हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। गाउँमा भएको स्याउ मेला पर्वमा अलि बेचबिखन गर्ने गरेको छ। जति बोट्मा लागेको स्याउ बेच्न पाएको छैन।
बारीमा लागेको स्याउ बारीमा कुहिने गरेको छ। स्याउ प्रत्येक वर्षमा कुइनटको हिसाबले फले पनि बजार नपाउदा कृषकलाई स्याउ खेतीबाट घाटामा परेका छन। कतिपय वारि बाट स्याउ ल्याए आफ्ना आफन्त लाई कट्ठा हिसाबले दिइने गरेको छ। कहिले काहिँ सस्तो दर लगाएर बेच्ने गरेपनी गाउँमा स्याउ मात्र बढी हुँदा स्याउ घरमा थन्किएको कृषक रावतले वताए।
धिम गाउँका ३० प्रतिशत मान्छेले स्याउ खेतीकमाइ लागेका छन। स्याउ साउन र भद्र महिनामा रुखमा लटरम्म फलेको हुन्छ। जति फल लागेपनी बजार नपाउदा स्याउ जग्गा तथा लेखका छानामा राख्ने गरिन्छ। कतिपय कुइने गरेको छ। फलेको जति स्याउ बेच्ने हो भने कृषकलाई जीवन निर्वाह गर्न सजिलोसंग रह्ने छ। एक जना कम्तीमा ५ कुइनट्ल स्याउ फलाउने गरेको छ। सबै स्याउ घरमा लिएर आफ्ना आफन्त लगायत नयाँ व्यक्तिलाई निशुल्क वितरण गर्ने गरेका छौ। घरमा लामो समय सम्म राखे भने कुइने डरले भएपनि निशुल्क दिइने गरेको कृषक कलक रावतले वताए।
अहिले अवस्था स्याउ बारीको बारीमा रहेका छ्न। बजार नपाउदा स्याउ भुइँमा झरेर कुइने गरेको छ। कतिपय कृषकले कुइने गरेको स्याउ गाइ बस्तुलाई आहारा रूपमा खुलाउने गरेको छ। स्याउ रुख बाट निकाली सकेको अलि धेरै समय भए चाडै बिक्री गर्न पाएन भने कट्टामा कुइने हुँदा खेतीयोग्य ठाँउमा फालिने गरेको छ। रुखमा फलेको सयमा फाइदा होला भनेको अवस्था कृषक घाटामा पर्ने हुँदा स्याउ खेतीयोग्य काम कम हुने अवस्था रहेकोे रावतले बताएका छ।
झिनी लेखमा धेरै जसो कृषकले स्याउ खेती गरेका छन। भने कम ओखर खेती पनि गरेका छन। एक व्यक्तिको ४० देखि ६० बोटा स्याउ लगाएका छन। सबैभन्दा बढी फल्ने स्याउका रुख ३० सम्म छ्न। भने कम स्याउ फल्ने रुख ५ वटा बोटा अहिलेसम्म लाग्ने गरेको देखिन्छ। जसमा धेरै स्याउ फलाउने कृषक १६ कुनटल सम्म पाएका छन भने कम फलाउने २ कुन्टल सम्म स्याउ उत्पादन गरेको हुन्छ। एउटा रुख करिब ५० किलोग्राम देखि १ कुन्टल स्याउ फल्ने गरेको कृषक धन बहादुर रावतले बताउनुभयो।
रावत परिवारका ३० जना जतिको प्रत्येक व्यक्तिले १५ कुइन्टल सम्म फलेको हुन्छ। बाकी निम्न परिवारको प्रत्येक व्यक्ति बराबर ५ कुन्टल वार्षिक रूपमा पलाउने गरेको छ। झिनी स्याउ खेती भएको रावत परिवारको ५२ घरपरिवार ऐडी ७ परिवार रोकाया ७ परिवार दमाई ५ घरपरिवार र पाण्डे परिवार ७ जना गरि जम्मा ७८ जनाको स्याउ र ओखर दुबै खेती गरिएको छ। केही बोटामा स्याउ रुखमा रहेका छन। केहि निकाले छानामा राख्ने गरेको छ। झाना नजिकै भएको स्याउ संरक्षणमा रहेका छन छाना भन्दा टाढा रहेको स्याउ बादर, चराचुरुङ्गी र मान्छेले चोरेर खाने गरेको रावतले बताउनुभयो।
स्याउ बारीमा वर्षौंदेखि फल्ने भएपनि बजारीकरण नपाउदा कृषक घाटा व्यहोर्नुपरेको छ। वर्ष हुने खौ मेला जति बेच्ने गरिन्छ त्यहिनै हो आम्दानी अरु बाकी स्याउ गाउँ घरमा स्याउ कुइएर फाल्ने गरिन्छ। स्याउ खेतीबाट आम्दानी स्रोत घटदै आइरहेको छ। जतिको स्याउ फल्ने गरिन्छ त्यतिनै बिक्रीवितरण हुने हो भने कृषकलाई स्याउ खेतिमा चासो रहनेछ।अहिलेसम्म स्याउ ढुवानीमा कुनै ठाउँ बाट सहयोग नपाएको रावतले बताउनुभयो।