October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने११ जनालाई प्रहरीले नियन्त्रणमा लियो

  • सेती कर्णाली खबर
  • बुधबार, असार ८, २०७९ 0९:१८
सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने११ जनालाई प्रहरीले  नियन्त्रणमा लियो

बिर्तामोड – सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले पुष्टि गर्नुभयो ।

बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएको डिएसपी कुँवरको भनाई छ ।

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गनुएभएको थियो भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास भएको थियो। सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गनुएभएको थियो ।

वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगरउपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार ८, २०७९ 0९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट