October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ ३१, २०७९ 0६:४८
खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय बाजुराले अरुवा मोटो चामल प्रतिकेजी ४८ बाट ७ रुपैया छुट गरेर ४१ मा मार्तडी बिक्रि शुरु गरिने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख ओझाले वताएका छन् ।
चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ७ रुपैया प्रतिकेजीमा छुट दिएको शाखा प्रमुख ओझाले वताए । यो अफर कार्तिक १५ सम्म गते सम्मका लागि रहेको छ । चामल किन्न आउदा नागरिकताको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
अहिले खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा १ जार २ सय कुइन्टल र कोल्टी शाखामा १ हजार ३ सय कुइन्टल चामल रहेको जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ ३१, २०७९ 0६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट