October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउँपालिका नीति तथा कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, असार ११, २०७९ ११:३९
जगन्नाथ  गाउँपालिका नीति तथा कार्यक्रम

बाजुरा जिल्लाको उत्तरपुर्बि क्षेत्रमा रहेको जगन्नाथ  गाउपालिकाको एघारौं गाउँ सभा हिजो सम्पन्न भएको छ।     गाउसभाको अध्यक्षता कालिबहादुर शाहीले गर्नुभएको थियो । त्यस्तै  गाउसभा उपाध्यक्षता  मरुकला बिष्ट, निमित्त  कार्यकारी अधिकृत  रविन्द्र शाही, जनप्रतिनिधि  , कर्मचारी, सुरक्षाकर्मी र  विभिन्न  मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  सञ्चालन लक्ष्मण जोसिले गरेका हुन।             गाउँ सभाका अध्यक्ष काली बहादुर शाहीले बाजुरा जिल्लाकै उत्कृष्ट निति तथा कार्यक्रम ल्याएका छन्।
अध्यक्ष शाहीले ल्याएको नीति तथा कार्यक्रममा जगन्नाथ गाउँपालिका भित्र रहेका अति विपन्न परिवारका बालवालिकाहरूलाई ५० प्रतिशत छात्रवृत्तिको ब्यवस्था गर्ने निति तथा कार्यक्रम पास गरेका छन्। भने गाउँ पालिकामै ईन्जिनियरिङ र एम वि वि एस अध्यायन सञ्चालन गर्ने र दलित परिवारका बालवालिकाहरूलाइ प्राविधिक शिक्षा हासिल गर्नका लागि छात्रवृत्तिको पु्र्ण व्यवस्था गर्ने कार्यक्रम ल्याएका छन्। गाउँपालिका भित्रका वेरोजगार यूवाहरुको तथ्यांक संकलन गर्ने र सिपमुलक तालिम ( सिलाइ कटाइ, प्लम्बिङ अटोमोवाइल, मोबाइल मर्मत, हाउसवारिङ, ड्राइभिङ , जेसिवि अपरेटर र कम्प्युटर मर्मत)  सम्बन्धि तालिम दिएर स्वरोजगार बनाइने छ।  जगन्नाथ  गाउँपालिका भित्रका   स्थानिय बजार  पिलुचौर, जुड्डि र बेर्मा बजारमा सोलार बत्ति जडानका लागि आवश्यक बजेट बिनियोजन गरेको छ  भने कृषि, शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका मुल आधार भने मुल नाराका साथ २५ वटा शिर्षकमा बजेट विनियोजन गर्ने गरि निति तथा कार्यक्रम पास गरेको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार ११, २०७९ ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट