July 13, 2026 | सोमवार, असार २९, २०८३

हिमालीको केन्द्र धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना, सयौँले लिए उपचार सेवा

  • सेती कर्णाली खबर
  • सोमवार, असार २९, २०८३ १६:१३
हिमालीको केन्द्र धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना, सयौँले लिए उपचार सेवा

सेतीकर्णाली खबर

 असार २९ बाजुरा ।– हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा सञ्चालनमा आएको हिमाली गाउपालिका  केन्द्रबाट स्थानीयले निःशुल्क आँखा उपचार सेवा पाउन थालेका छन्।
यसअघि सामान्य आँखा उपचारका लागि समेत कोल्टी पुग्नुपर्ने बाध्यता रहेका स्थानीयलाई अब सहज सेवा उपलब्ध हुने भएको गाउँपालिकाले जनाएको छ। केन्द्र सञ्चालनको पहिलो दिनमै एक सयभन्दा बढी सेवाग्राहीले उपचार सेवा लिएको हिमाली गाउपालिका सुचना अधिकारी राज बहादुर भण्डारीले सेतीकर्णाली खबरलाई जानकारी  दिनु भयो ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र र धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना गरिएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइने जानकारी दिनु भयो ।  बाजुराको हिमाली गाउपालिका संग सिमाना जोडिएका छिमेकि जिल्ला हुम्ला र मुगु जिल्लाका नागरिकले समेत आँखा उपचार सेवा लिएको र आगामिदिनमा पनि उपचार सेवा लिन सहज भएको गाउपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, असार २९, २०८३ १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट