December 9, 2024 | सोमवार, मंसिर २४, २०८१

चर्को आलोचना हुँदा ४ महिनापछि सरकारी गाडी फिर्ता गरे

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १८, २०७८ 0१:११
चर्को आलोचना हुँदा ४ महिनापछि सरकारी गाडी फिर्ता गरे

काठमाडौँ, हिजो १७ गते  प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । उनले पदमुक्तको चार महिनापछिमात्रै सरकारी गाडी फिर्ता गरेका छन ।मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएको भन्दै राईको तीव्र आलोचना भएको थियो ।उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताएका छन् । मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा भने प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । -reports nepal

  • सेती कर्णाली खबर
  • -