June 2, 2025 | सोमवार, जेष्ठ २०, २०८२

मार्तडीका मासु तथा डेरी पसल अनुगमन

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१ १0:५९
मार्तडीका मासु तथा डेरी पसल अनुगमन

२९ जेष्ठ बाजुरा / बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका वडा नंः ८ र ९मा रहेका मासु तथा डेरी पसलको अनुगमन गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रहरी, पत्रकार लगायतको सहभागितामा पसल अनुगमन गरिएको हो ।

नागरिकहरुले स्वस्थ तथा सफा मासु र डेरीको उपभोग गर्न पाउनु पर्ने भन्दैे मार्तडीमा रहेका २ वटा डेरी र ९ मासु पसलको अनुगमन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले बताएका छन् । अनुगमनमा मासु तथा डेरी पसलहरुको स्थानिय तहबाट इजाजत पत्र प्राप्त, नियमित सरसफाई, दुग्धजन्य पदार्थको गुणस्तर, मुल्य सुचि, दर्ता नविकरण डिप फ्रिज व्यवस्था,साईनबोर्ड, नापतौल सामग्री दुरुस्त लगायतको अवस्था अनुगमन गरिएको उनले बताए ।

अनुमगनका क्रममा अधिकांश पसलहरुले मापदण्ड अनुसार व्यवसाय नगरेको पाइएकाले आगामी दिनहरुमा मापदण्ड अनुसार व्यवसाय गर्न निर्देशन दिइएको र अर्को पटक अटेरी गरे कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् ।

अनुगमनका क्रममा केही पसलहरुले मुल्य सुची नराखेको, गन्ध आएको, डिजिटल नापतौल सामग्री नराखेको र किराना तथा डेरी सगै राखेको र एक डेरी पसलमा २५ केजी सडे गलेको दुग्धजन्य पदार्थ टोलिले बरामद गरि नष्ट गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशी, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अप्रेटर नैनसिंह रावल, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल मानसिंह धामी, घरेलु तथा साना उद्योग विकास कार्यालयका मान बहादुर रावत,प्रहरी पत्रकार लगायतको सहभागिता रहेको थियो ।साभार-badimalikakhabar

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१ १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  