October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

काठमाडौं ४ नम्बर क्षेत्रमा काङ्ग्रेस उम्मेदवार थापा बिजयी

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर ६, २०७९ 0६:२४
काठमाडौं  ४ नम्बर  क्षेत्रमा काङ्ग्रेस उम्मेदवार  थापा बिजयी

काठमाडौं \काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे । थापाको यो क्षेत्रमा सदावहार तेस्रो जित पनि हो । यसअघिको आम निर्वाचन २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए भने २०७० को संविधानसभा निर्वाचनमा पनि गगनले एमालेका निर्मल कुँइकेलसँग जित हात पारेका थिए । उनी पहिलोपटक २०६४ को संविधासभा निर्वाचनमा समानुपातिकबाट साभासद बनेका थिए ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर ६, २०७९ 0६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट