October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, ५ जना घाइते, २ जनाको अवस्था गम्भिर

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १८, २०७८ 0९:११
सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, ५ जना घाइते, २ जनाको अवस्था गम्भिर

जनकपुर, १८ पुस । धनुषामा आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन् ।घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ भने तीन जनाको खुट्टामा चोट लागेको छ। -reports nepal

  • सेती कर्णाली खबर
  • -