October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात सुरु

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ९, २०८० ११:३२
बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात सुरु

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपातले जनजीवन कष्टकर बनाएको छ।

बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष कार्तिक अन्तीम साताबाट सेताम्बे हुने चुचुराहरु केहि बर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेकाे स्थानीयले बताएका छन ।

वर्षा संगै हिमपातका कारण जिल्लाका उच्च हिमाली भेगम क्षेत्र लगायतका बिद्यालयहरु समेत प्रभाबित भएका छन । माघ महिनादेखि पानी नपर्दा समस्यामा परेका किसान भने बर्षासँगै भारी हिमपात भएपछि खुशी भएका छन्। सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएपनि सक्न थालेका बाली बर्षाले गर्दा किसानहरु खुसी भएका हुन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा भएको कृषक बताए। वर्षा र हिमपातमा कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहहरु लाई निकै बालिनालीमा सहयोग पुगेको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ९, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट