October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

नेपालगन्ज विद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस ६, २०८० १५:0५
नेपालगन्ज विद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

जितजङ्ग कटेल/नेपालगन्ज- वेस्ट जोन माध्यमिक बिधालय नेपालगन्जमा कक्षा ९ र १० का १५० जना बिद्यार्थी भाईबहिनीहरुलाई लागुऔषध दुर्व्यशन विरुद्ध र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

मंसिर ६ गते शुक्रबारका दिन लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लाईन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग साथै जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्य मा वेस्ट जोन माध्यमिक बिधालय नेपालगन्जमा कक्षा ९ र १० का १५० जना बिद्यार्थी भाईबहिनी हरुलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम क्लबका कार्यवाहक अध्यक्ष लियो हिरामणी दाहालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ।

जसमा लियो डिष्ट्रीक काउन्सिल ३ सय २५ का जिल्ला कोषाध्यक्ष लियो प्रकाश कुंवर को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा,प्रमुख अथितिमा लियो डिष्ट्रीक काउन्सिल ३ सय २५ यनका, जिल्ला सचीव सिद्धार्थ कायस्थ ज्यु त्यसै गरि बिशिस्ट अतिथि, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके बरिस्ठ नायव निरीक्षक प्रबिण आचार्य, जिल्ला प्रहरी कार्यालय बाँके का बरिस्ठ सहि राजेश्वर गोसाई ,वेस्ट जोन मा. वि. का प्रधानाध्यापक आर्के गौत, रिजन चियरमेन, लियो क्लब अफ नेपालगन्ज सनराईजका उपाध्यक्ष साथै लियो क्लब अफ नेपालगन्ज ईनोभेटिभका पुर्व अध्यक्षहरुको उपस्थित मा कार्यक्रम सम्पन भयको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस ६, २०८० १५:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?