October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

पिलुचौरमा बढि भाडालिने सवारी चालकबाट प्रहरी द्वारा यात्रुलाई रुपैयाँ फिर्ता

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ५, २०७९ १0:११
पिलुचौरमा बढि भाडालिने सवारी चालकबाट प्रहरी द्वारा यात्रुलाई रुपैयाँ  फिर्ता

उमेश जङ्ग शाही ५ माघ बाजुरा –  जगन्नाथ गाउँपालिका जुड्डी , बेर्मा देखि पिलुचौर बजार सम्म जिपभाडा बढी लिने २ जिपका चालकबाट प्रहरी द्वारा यात्रुलाई बुधबार रुपैयाँ फिर्ता गरिदिएको छ।

जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा जिल्ला भरिका सडक सन्जालमा जोडिएका स्थानिय तहहरुमा लागू हुने गरी मिति २०७९।०९।२० गते गाडी भाडादर सार्वजनिक गरिएको थियो।पक्कि सडक प्रतिकिलोमिटर ८ रुपियाँ कच्चि सडकमा प्रतिकिलोमिटर१८ र स्तरोन्नति भएको सडकमा १२ रुपैयाँ तोकेर सो भाडा तिरेर यात्रा गर्न स्थानियहरुलाई आग्रह गरेको थियो ।गाडी भाडादर पूर्णरुपमा कार्यन्वयनको लागि प्रहरी ईकाइहरुबाट विभिन्न स्थानहरुमा चेकजाँच गर्ने काम तिव्र रूपमा गरिएको कुन्ना चौकिले जनाएको छ।

कर्णाली करिडोर सडकखण्डमापर्ने बाजुराको जगन्नाथ गाउँपालिका २ वडा जुड्डी देखि पिलुचौर सम्म ८ किलोमिटर दुरी रहेको छ। जुड्डी देखि पिलुचौर तर्फ आउदै गरेको सुदुरपश्चिमप्रदेश ००१ ज १३१५ र ००१ ज १३३१ नम्वरका सवारी साधनले १३ जना यात्रुबाट प्रति ब्यक्ति रु.२००।-(दुई सय) का दरले भाडा लिएको हुँदा प्रहरी चौकि कुन्नाका इन्चार्ज प्रहरी सहायक निरिक्षक मदन विष्टको कमानमा खटिएको टोलीले तोकिएको भाडादर भन्दा १सय रुपैयाँ बढी लिएको हुदा प्रतिव्यक्ति १ सयका दरले रुपैयाँ फिर्ता गरिदिएको प्रहरी सहायक हवल्दार लक्ष्मि प्रसाद जोसिले सेतिकर्णाली खबरलाई जानकारी दिएकाछन।

जिल्ला प्रशासनले तोकिएको भाडा भन्दा बढी गाडी भाडा मनोमानी रूपमा लिने सवारी साधन चालकलाई पहिलो पटक सम्झाई बुझाई गरि छाडिएको र आगामिदिनहरुमा अटेर गरेर मनोमानी भाडा अशुलेको पाईएमा सवारी साधन ब्यबसायिकहरु लाई कडा कार्बाही गरिने प्रहरी सहायक निरक्षक विष्टले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ५, २०७९ १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट