October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना अन्योलमा

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर ११, २०७९ १४:२६
बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना  अन्योलमा

मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन शुरु गरेको छ । निर्वाचन आयोगको टोलि बाजुरा पुगेर आइतबार काठमाडौ फर्किसकेको छ । आयोगका सहसचिब तुलक्षि श्रेष्ठको नेतृत्वमा तिन सदस्यि टोलि बाजुरा आएको निर्वाचन कार्यलय बाजुराका प्रमुख नवराज अबस्थिले वताएका छन् ।
निर्वाचन आयोगले मतगणना गर्ने वा केही ठाउँमा पुन मतदान गर्ने भन्ने निर्णयका आधारमा अधि बढ्ने भएको छ । आयोगले टोलि काठमाडौ पुगेर निर्णय गर्ने भएको छ, के गर्ने भन्ने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले वताएका छन् । बुढिनन्दा नगरपालिका ५ मा शनिवार दोस्रो पटक चुनाव भएको थियो । अन्य ठाउँमा भने ४ गते चुनाव सम्पन्न भएको थियो ।
मंसिर ४ गते भएको चुनावमा एमाले र काँग्रेसले केही बुथ कब्जा भएर एकलौटि मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा निवेदन दिएको थियो । नेकपा एमालेले १६ बुथमा काँग्रेसले एक्लौटि गरेको बुथ कब्जा गरेको आरोप छ । त्यस्तै नेपाली काँग्रेस बाजुराले ८ वटा बुथमा एमालेले कब्जा गरेर एमालेले फर्जि मत खसाएको आरोप छ ।
एमाले, काँग्रसले मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा निवेदनका आधारमा निर्वाचन आयोगलाइ जानकारी गराएको थियो । आयोगलाइ जानकारी पछि निर्वाचन आयोगको टोलि स्थलगत छानबिन गरेर फिर्ता भएको हो । आयोगको टोलिले बाजुरामा राजनितिक दल, कर्मचारी लगायत सँग छलफल गरेको थियो ।
बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको शव ७ दिन सम्म पनि आफन्तले बुझेका छैनन् । दोषिलाइ प्रक्राउ नगर्दा सम्म शव नउठाउने चेतनका बुवा गगन अयडिले वताएका छन् । नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा चरणबद्ध आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेर हत्या गरेका थिए ।

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर ११, २०७९ १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट