October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अटो रिक्साबाट खस्दा बाजुरामा एक जनाको मृत्युु

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक ३, २०७९ २0:५४
अटो रिक्साबाट खस्दा बाजुरामा एक जनाको मृत्युु

कार्तिक ३, बाजुरा – साफे मार्तडी राजमार्ग सडकको बुढीगंगा नगरपालिका वडा न.१ द्वारीमा मार्तडी आउदै गरेको अटो रिक्सा बाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका २ बजेडीका अन्दाजी ५५ वर्षीय मोति विक रहेका छन् ।
दवारीबाट सदरमुकाम मार्तडी आउदै गरेको सु प्र.प.०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाईते भएका विक को उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पुर्याउन नपाउदै बाटोमा मृत्यु भएको अटो सञ्चालकले बताएका छन्। चालक लजक बुढाले चलाइ रहेको अटोबाट खसेर वि क घाईते भएका हुन् । अन्य अटोमा सवार भएका यात्रु र अटो चालक सकुसल रहेको प्रहरीले बताएको छ । अटो चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक ३, २०७९ २0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट