October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ५, २०७८ २३:४0
ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

उमेश जङ्ग  शाही बाजुरा,फागुन ६, नेकपा एकीकत
समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन  सम्पन्न  भएको छ । नेकपा एकीकृत   समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ को वडा कमिटी विस्तार कार्यक्रमलाई सम्वोधन गर्दै युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनु भएका केन्द्रिय सदस्य शाहीले नेकपा समाजवादीलाई पैसा खाएर पार्टी फुटाएको भन्ने गलत अफवाह फैलाएकोमा आपत्ती प्रकट गर्नुभयो । आगामी वैसाख ३० गते हुने स्थानिय तहको चुनावमा समाजवादी पार्टीको जित सुनिश्चीत हुने बताउनुभएको छ । उहाँले समाजवादी पार्टीबाट बर्तमान अध्यक्ष चिरन्जीवी शाही नै गाउँपालिकाको अध्यक्षको उम्मेद्धार भएको बताउदै चिरन्जीवी शाही नेतृत्वको पुरै टिम नै विजयी हुने घोषणा गर्नुभयो । यसैविच स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तीनको प्रथम वडा अधिवेसनले रत्न बहादुर शाही अध्यक्ष, चन्द्र बहादुर रोकाया उपाध्यक्ष, सविता विक महिला उपाध्यक्ष, दिप बहादुर शाही सचिव, जयलाल कडारा, काली बहादुर रोकाया सहसचिव रहने गरि ३७ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यस्तै कार्यक्रममा लक्ष्मण शाही अध्यक्ष, मनिका सिंह उपाध्यक्ष, रमिता विक सचिव, शंकर चदारा सहसचिव रहने गरि ३१ सदस्यीय युवा संघको वडा कमिटी समेत गठन गरिएको बताएइको छ ।  युवा संघको जिल्ला कमिटीमा कल्याण चदारा र अनिल कामीलाई सिफारीस गरेको छ भने गाउँ कमिटीमा १८ जना सिफारीस भएका छन । आज अधिवेशनमा वडा कमिटीलाई नेकपा एकृकीत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीले सपथ ग्रहण गराउनुभयो भने युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य धर्मेन्द्र सिंहले युवा संघलाई सपथ ग्रहण गराउनु भएको थियो । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा स्वामीकार्तिकका सह इन्चार्ज सतल विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा एकृकीत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही प्रमुख अतिथी रहनुभएको थियो । एकृकीत समाजवादीका प्रदेश कमिटी सदस्य तथा स्वामीकािर्तक खाप गाउँपालिकानका अध्यक्ष चिरन्जीवि शाही, जिल्ला कमिटी सचिवालय सदस्य कुवेर बहादुर सिहं, प्रदेश कमिटी सल्लाहकार समिती सदस्य नैन जंग शाही विशिष्ट अतिथी रनुभएको थियो भने जिल्ला कमिटी सदस्य जयविर कटेल, धर्म महतारा, कर्णसिंह कठायत, शंकर उपाध्याय, पशुपति रोकाया, नरपति कटेल, गम्म महतारा, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य विरेन्द्र रोकाया अतिथी रहनुभएको कार्यक्रमको सञ्चालन समाजवादी पे्रस संगठनका केन्द्रीय सदस्य अनिल शाहीले गरेका हुन।नवनिर्वाचित यूवासंघ वडा कमिटी पदाधिकारीहरु

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ५, २०७८ २३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट