October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पाल्पाको तिनाउस्थित हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक फेरि भासियो

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ७, २०८१ 0७:५६
पाल्पाको तिनाउस्थित हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक फेरि भासियो

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ ।

तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेर नियन्त्रणको प्रयास गरिए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गरिए पनि ठूला सवारी साधनका लागि जोखिम कायमै छ ।

केही दिन अघि पनि सोही स्थानको तल्लो भागमा वर्षाको भेलले केही भाग भासिएको थियो । यही स्थानमा माथिल्लो भागबाट पहिरो खसिरहने समस्या छ । केही दिनयताको निरन्तरको वर्षापछि सडकको केही भाग भासिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो ।

सडक भासिएपछि केही समय यातायात पूर्ण रुपमा बन्द गरी डायभर्सनको काम गरिएको छ । भासिएको स्थानमा डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ७, २०८१ 0७:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट