October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

४२ औँ वि.पी स्मृति दिवसमा बृक्षरोपण तथा सरसफाई बिरेखोलामा

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ६, २०८१ १६:0२
४२ औँ वि.पी स्मृति दिवसमा बृक्षरोपण तथा सरसफाई बिरेखोलामा

बाजुरा- प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४२ औँ कोइरालाको स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ बाजुराको आयोजनामा फलफुलका बिरुवा रोपण संगै सरसफाई कार्यक्रमको गरीएको छ । नेविसंघ बाजुराको आयोजनामा पर्यटकिय स्थल सदरमुकाम मार्तडीबाट ६ किलोमिटर दक्षिणपट्टि रहेको जिल्लाको बडिमालिका ६,८ र ९ को सिमानामा अवस्थित मनमोह बिरेखोलामा फलफुलका बिरुवा बृक्षरोपण संगै सरसफाई कार्यक्रम गरीएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको ४२ औँ वि.पी स्मृति दिवसको अबसरमा नेविसंघ बाजुराको आयोजनामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरीएकोे नेविसंघ बाजुराका उपाअध्यक्ष तपेश रावलले बताउनुभएको छ ।

फुलरोपण संगै सरसफाईका लागी ल्याण्ड डस्बिन निमार्ण गरीएको उपाअध्यक्ष रावलले बताए । एक कार्यक्रमका बिच बिरेखोला झरनामा नेविसंघ बाजुराका पधाधिकारी,नेताकार्यकर्ता लगाएको उपस्थितमा बृक्षरोप तथा सरसफाई कार्यक्रम गरीएको उपाअध्यक्ष रावलले बताएका छन् । प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको उच्च मान सम्मान गर्देै उहाँकै सम्झनामा बृक्षरोप तथा सरसफाई कार्यक्रम गरीएको रावलले बताए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको १९७१ साल भदौ २४ गते जन्म भई वि.सं.२०३९ साउन ६ गते निधन भएको थियोे ।

बृक्षरोप तथा सरसफाई कार्यक्रममा प्रदेश सभा सदस्य माननयि जुना दानी,नेविसंघ केन्द्रिय सदस्य भरत बुढा,नेविसंघ बाजुरा उपाअध्यक्ष तपेश रावल,नेपाली काँग्रेस पार्टी सचिब तिलक पुरी,नेपाली काँग्रेस प्रदेश सदस्य धनराज पण्डित,बडीमालिका नगर सभापति गोपाल कार्कि,बडिमालिका नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष प्रकाश रावल,बडिमालिका ७ वडा सदस्य पार्वती जोशि हमाल,प्रेश युनियन अध्यक्ष संगिता तिमिल्सेना,सचिव राम बहादुर वि.क.लगायत नेविसंघका सम्पुर्ण पधाधिकारी,पार्टीका नेतागण,भातृ सुभेच्छुक संघका नेतागण,पत्रकारहरुको सहभागिता रहेको थियो ।समाजवादका चिन्तक कोइरालाको ४२ औँ स्मृति दिवसको अबसरमा नेविसंघ बाजुराले आज पर्यटकिय स्थल बिरेखोलामा बृक्षरोप तथा सरसफाई कार्यक्रम गरेर मनाएको हो । नेविसंघ उपाअध्यक्ष तपेश रावलले उक्त अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको बताउँदै करिब तिस भन्दा बढी बिरुवा बृक्षरोपण गरीएको जानकारी दिएका छन् ।

आजकै दिन साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो । उनको योगदानको स्मरणमा नेविसंघ बाजुराले प्रत्यक बर्ष आजका दिन वीपीको सम्झनामा विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गरेर कार्यक्रम गर्दे आएको उनले बताएका छन् । कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित रहेका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ६, २०८१ १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट