October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्याउ खेतीप्रति बढ्दो आकर्षण

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १४, २०८१ 0२:११
स्याउ खेतीप्रति बढ्दो आकर्षण

उमेश रोकाया,१४बैशाख/बाजुरा- स्याउ खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ।

हिमाली गाउँपालिकाका विभिन्न स्थानका किसानले स्याउ खेती गरिरहेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ झिनी स्थितमा सोही ठाउँमा धिम गाउँका ७८ घरपरिवारले लेखमा कमाउने जग्गामा स्याउखेती गरेका छन्। धेरै पहिल्यै देखिन स्याउ खेती व्यवसायी गरेको देखिन्छ।

सुरुमा स्याउ खेती गर्दा आफ्नै पैसाले किनेर स्याउ बोट रोपेका हुन। केही बोट हिमाली गाउँपालिकाको वृक्षारोपण कार्यक्रम सञ्चालन सुरु भएपछि स्याउ संगै ओखर सहयोग पाएपछि बोट लगाएको हुन। करिव एक जना परिवारले ७० देखि १ सय भन्दा बढीको स्याउ बोट रोपिएको छन। जसले गर्दा पहिला लगाएका र पछि गाउँपालिकाले दिएका बोट फल्ने गरेका कृषक मोहन रावतले बताएका छन।

पछिल्लो समयमा स्थानीय कृषकहरू फलफूल खेतिमा आकर्षक बढदै गएको छ। जति फलफूल खेतीपाती बढ्दै गयो उत्तिकै स्याउ रुखमा फलाउने गरेका छन। स्याउ क्वीन्टल हिसाबले रुखमा फलाउने गरेपनि बजारीकरण समस्या हुँदा कृषक मर्कामा परेका छन। झिनी स्याउ खेतीमा धिम गाउँका रावत परिवारको ५२ घरपरिवार ऐडी ७ परिवार रोकाया ७ परिवार दमाई ५ घरपरिवार र पाण्डेका ७ परिवार गरि जम्मा ७८ जनाको परिवारले स्याउ र ओखर दुबै खेतीमा बढ्दो आकर्षक बढ्दै गएको कृषक रावतले बताएका छन।

स्याउ खेतीपाती कृषक चासो उत्तिकै बढ्दै गएको छ। जसका कारण वर्षमा तुलनात्मक रूपमा पहिलेको भन्दा अहिले स्याउ बोटमा लटरम्म फल्ने गरेका छन। जति बारीमा स्याउ उत्पादन फस्टाएको भएपनि अहिले बजारीकरण समस्या भएको छ। पहिलेको भन्दा अहिले स्याउका बोट हिमाली गाउँपालिकाले दिएपछि बोट थपिएको छन। स्याउ खेतीलाई व्यवसायी रूपमा गरियो भने आम्दानीको स्रोत पनि उत्तिकै बढने देखिन्छ। केहि स्याउका बोट पहिल्यै रोपिएको केही बोट पालिकाले दिएपछि झिनी लेखको पुरै जग्गामा स्याउ खेतीमा विस्तार गरेको स्थानीय कृषक रत्नलाल रावतले बताए।

झिनी लेखमा करिब ५ हजार बराबर स्याउ बोट लगाएको छन। सबै बोट रुखमा फल्ने गरेका छन। अहिलेसम्म जतिसुकै उत्पदन गरेपनि स्याउले बजार नपाउदा किसानले दुख खेप्नुपरेको छ। स्याउ सिजनमा ६० देखि १०० प्रतिकिलो दरले स्याउ बिक्री गर्दै आएका छन्। वर्षमा जति रुख ठुलो हुँदै जान्छन् त्यतिकै स्याउ बोटमा फल्ने गरेको छ। पहिले भन्दा अहिले स्याउ खेतीपातीमा धेरै चासो राखेको छन। अरु अन्नबाली खेती गर्नु भन्दा फलफूल खेतीबाट आम्दानी हुने सम्भावना भएको हुँदा धेरै कृषक स्याउ खेतिमा बढ्दो आकर्षक रहेकोे कृषक रावतले बताए।

हिमाली गाउँपालिका वडा नम्बर ६ को झिनी मात्र स्याउ खेतीमा बढ्दो आकर्षक नभई अहिले पालिका ७ वडाका सबै किसानलाई वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल खेती स्याउ, ओखर, कागति र सुन्तला बोट वितरण गरि प्रशस्त लगाएका छन। धेरै ठाउँमा फलफूल रोपिएको बगैंचामा फल्ने पनि सुरु गरेको छन। विगतको समय भन्दा अहिले फलफूल खेतीमा हिमाली गाउँपालिका अधिकास कृषक बढदो आकर्षक रहेकोे गाउँपालिकले जनाएको छ।

कृषकलाई फलफूल फलाउने मात्र नभई यसलाई बजारीकरण गराउन गाउँपालिकाको केन्द्र धुलाचौरमा कोल्ड स्टोर भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। अहिले फलफूल संगै स्थानीय रैथाने बाली लाई बजारीकरण गराउन वडामा रष्टिक केन्द्र र फलफूल स्टोर केन्द्र एक कोठा अलगअलग भवन निर्माणका काममा ठेक्का खोलिएको केहि दिन निर्माणकार्य सुरु गरिने भएको छ।

अहिले फलफूल खेतिमा हिमाली गाउँपालिका भरी ३५ हजार भन्दा बढी बोट लगाएर रुखमा फल्न सुरु गरेको छ। जतिसुकै कृषकहरूले फलफूल फलाउने गरेको कुनैकुनै खेर जान नदिन त्यसको बजारीकरण गर्नेका लागि पालिकाले ठुलो भुमिका निभाउन भएको गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १४, २०८१ 0२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?