October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हेटौंडामा नेकपा एकीकृत समाजवादीकी मिना लामा बिजयी

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ७, २०७९ 0२:१५
हेटौंडामा नेकपा एकीकृत समाजवादीकी मिना लामा बिजयी

इतिहास रच्दै नेकपा एकीकृत समाजवादीकी मिना लामा हेटौंडाको पहिलो मेयर बन्न सफल भएकी छिन् ।
शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मत ल्याए ।
उपमेयरमा नेपाली कांग्रेसका राजेश बानीयाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याईन ।
मतगणनाको शुरूवाति अवस्थामा पहिलो, दोस्रो भएर चर्चामा मेयरका उम्मेदवार राप्रपाका दिपकबहादुर सिंह अन्तिम परिणाममा तेस्रो रहे भने उपप्रमुखमा राप्रपाकी ईन्दिरा डल्लाकोटी पनि तेस्रोमै रहिन् ।
१९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा तथा नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा जितेको छ । हेटौंडामा नेपाली कांग्रेसबाट हेटौंडा–१ मा सविन न्यौपाने, हेटौंडा–२ मा विष्णुगोपाल महर्जन, हेटौंडा–३ मा ढलक थापा, हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल, हेटौंडा–७ मा दामोदर गौतम, हेटौंडा–८ मा राम थापा, हेटौंडा–१६ मा रामकृष्ण कोइराला र हेटौंडा–१७ मा उद्धव सत्यालले जितेका छन् ।
नेकपा एमालेबाट हेटौंडा–४ मा नवीन सिग्देल, हेटौंडा–५ मा सुशील घिमिरे, हेटौंडा–१० मा फुर्वादोर्जे लामा, हेटौंडा–११ मा जुना दंगाल, हेटौंडा–१३ मा पेम्बा लामा, हेटौंडा–१४ मा दिपक खड्का, हेटौंडा–१५ मा सुनिल मोक्तान, हेटौंडा–१८ मा अनिल बानियाँ र हेटौंडा–१९ मा नरनाथ सुवेदीले जितेका छन् ।
नेकपा माओवादी केन्द्रबाट हेटौंडा–१२ मा ललित घलान र हेटौंडा–९ मा नेकपा एकीकृत समाजवादीका सुकराम केसीले जितेका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ७, २०७९ 0२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट