October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख १३, २०८१ १७:३२
प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने

बाजुरा- नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने भएका छन।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताहरुलाई निःशुल्क स्वास्थ्य शिविर सेवा सञ्चालन गर्न टोली संगै भेटघाट गर्नका लागि बैशाख १४ गते शुक्रबार दिनमा बाजुराको मार्तडीमा आउने भएका नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव तिलक राज पुरीले बताएका छन। दुर्गमका जनतालाई नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियान संगै जिल्ला नेताकार्यकर्ता भेटघाट निम्ति आउने भएका छन। माननीय डा. शर्मा नेपाली काङ्ग्रेस पाटी कार्यालय वि.पि. स्मृति भवन मार्तडीमा भोलि बिहान ८:३० भेटघाट कार्यक्रम संगै चियापान हुने भएको छ।

उक्त भेटघाट कार्यक्रम बाजुरा जिल्ला भित्र रहेका नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य, महाअधिवेशन, महासमिति सदस्य, प्रदेश, पालिका, वडाका पदाधिकारी, भातृ संघ शुभेच्छुक संस्था वर्तमान र पुर्व पदाधिकारी सम्पुर्ण नेपाली काङ्ग्रेस नेताकार्यकर्ता पाटी कार्यालय भेटघाट गरिने भएको नेपाली काङ्ग्रेस बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख १३, २०८१ १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट