October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख ७, २०८१ १२:0७
फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

सेतीकर्णाली खबर,बाजुरा- नेपाल टेलिकमको रिपिटर फोर जी ईन्टरनेट टावर तोडफोड भएको डेट महिना सम्म पनि अहिले अस्तव्यस्त रहेको छ ।

अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरेको डेट महिनासम्म पुग्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। फागुन १४ गते राति अज्ञात समुहद्रारा फोर जी रिपिटर टावर तोडफोड गरेको हो। अहिलेसम्म फोर जी टावर पुनः सञ्चालनमा नआउँदा अहिले ईन्टरनेट निकै समस्या भएको स्थानीयले बताए ।

नेपाल टेलिकमको टावरमा तोडफोड नहुनु भन्दा अगाडि ईन्टरनेट राम्रो सेवा सुबिधा पाईरहेका थिए। यहाँ फोर जी टावरमा ठुलो क्षति पुर्याईदिदा अहिले स्थानियहरु नेटवर्क सेवा बाट बञ्चित हुनु परेको अवस्था रहेकोे छ। ईन्टरनेट पहुँचमा भएको वडाहरु केही महिना पछि अवरुद्ध भएको छ। सर्वसाधारण ईन्टरनेट पहुँचमा पुगाउनका लागी राखिएको नेपाल टेलिकमको रिपिटर फोर्जीको टावर तोडफोड गरेकै कारणले साबिक पाँडुसैन आसपास क्षेत्रमा फोनको सेवा हुने तर ईन्टरनेट सेवा भने नहुने भएको छ ।

गाउँ घरमा ईन्टरनेट सेवा आएपछि घरको कुना बाट सेवा नेटवर्क काम गरेपछि सबै स्थानीय खुसी भएका थिए। अहिले फोर जी टावरमा समस्या देखापरेको हुनाले नेट सेवामा बन्चित भएका छ्न। इन्टरनेटबाट टाढा भएको कारणले नेटबाट हुनसक्ने विभिन्न कामहरू घरको दैलो छोडेर टाढा गएर नेट सेवा लिने गरेका छौँ। ईन्टरनेट सेवा बाट प्राप्त हुने सूचना तथा कुनै जानकारी लिनका लागि ईन्टरनेट पहिलो समस्या हुँदा यहाँका स्थानीयहरु लाई दुख खेप्नुपरेको स्थानीयले गुनासो गरेका छन।

बुढिनन्दा नगरपालिका वडा नम्बर ७,८,९ र १० का सबै स्थानीयहरु फोर जी को टावर तोडफोड हुँदा ईन्टरनेट बाट आजभोलि बिहिन भएका छन। कोल्टी रहेकोे टावरले केही स्थान ईन्टरनेट सेवा काम गर्ने गरेको छ। त्यही पनि गाउँ बाट धेरै टाढा हिडेर जानुपर्ने बाध्यता रहेकोे छ। रिपिटर फोर जी को टावर तोडफोड भएको महिनौंसम्म पनि अहिले स्थानीय सरकार तथा कुनै पनि निकायले ध्यानाकर्षण नरहेको स्थानीयको गुनासो रहेको छ।

तोडफोड भएको फोर जी टावर अहिलेसम्म अलपत्र रहेकोे छ। त्यसले गर्दा यहाँका अधिकास स्थानीय ईन्टरनेट सेवाबाट बन्चित रहनुपर्ने बाध्यता रहेकोे छ। जसले गर्दा धेरै मान्छेहरु ईन्टरनेट सम्बन्धि काम हुने खालका कार्यहरु घरबाट घन्टौं हिडेर ईन्टरनेट चलाउन जानुपर्ने अवस्था अहिले रहेकोे छ। कहिले सम्म ईन्टरनेट पहुँचमा हुन सकिने अहिलेसम्म अत्तोपत्तो नभएको देखिन्छ। यहाँ नजिकै स्थानीय सरकारले चाडैं नेपाल टेलिकमको रिपिटर फोर जी को टावर पुनः सञ्चालन ल्याउन आशा समेत राखेका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख ७, २०८१ १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट