October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १६, २०८० ११:१३
पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

बाजुरा- नेपाल पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण तथा रक्त पहिचान गरेर मनाएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका बिरामीहरुलाई फलफुल बितरण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । जिल्लाका उत्तरी भेग कुण्डा स्थित सम्पुर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गरुन गर्ने उद्देश्य साथ रक्त पहिचान गरिएको पत्रकार महासघ बाजुराका अध्यक्ष छक्क बहादुर मल्लले बताए ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा रगत नपाएर धेरै बिरामी तथा अन्य व्यक्तिहरु जिल्ला बाहिर रिफर गर्ने परिस्थितिमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको छ। सोही अवसरमा बाजुराको कोल्टी क्षेत्रमा रहेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको अध्यक्ष मल्लले बताए ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुलाई फलफु बितरण तथा रक्त समुह पहिचानका गर्न औपचारीक कार्यक्रम गरिएको थियो। नेपाल पत्रकार महासंघका अध्यक्ष छक्क बहादुर मल्ल, बुढिनन्दा नगरपालिकाका नगर उपप्रमुख राम बहादुर बोहरा लगायत जिल्ला स्थित कुण्डा क्षेत्रका पत्रकारहरुको सहभागीता रहेको थियो । स्थापना दिवसकाे अवसरमा देशभर बिभिन्न कार्यक्रम गरेर मनाइने भएकाे छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १६, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट