October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

निर्माण योजनाहरु स्थलगत अनुगमन

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २, २०८० 0८:११
निर्माण योजनाहरु स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका निर्माण योजना काम अनुसार दाम दिन स्थलगत अनुगमन गरेका छ्न।

हिमाली गाउँपालिका अन्तर्गत निर्माण योजना वडा नम्बर ५ को वडा भित्रका योजनाहरु गाउँपालिका टोलि सहित वडा अध्यक्ष स्थलगत अनुगमन गरेका छ्न। वडामा निर्माणकार्य भैरहेका सिचाइ कुलो, बिधालय, खानेपानी, सडक, गोरेटो बाटो सहित निर्माण योजना सम्पन्न गरिएको ठाउँमा स्थलगत पुगेर हेरफेर गरिएको छ।

वडा भित्र रहेका योजनाहरु विना अनुगमनमा पैसा पालिकाले भुक्तानी गरिने छैन। पालिकाको टोलि सहित अनुगमन गरेर आए मात्र भने भुक्तानी प्रक्रिया अगाडि बढाइने छ। जति सम्पन्न भएका योजनाहरु छन। त्यति पहिलो प्राथमिकता दिएर हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, प्राविधिक शाखा प्रमुख जानक बहादुर रोकाया, वडा अध्यक्ष प्रदिप बुढथापा, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्की र उपभोक्ता समिति उपस्थितिमा योजना अनुगम गरिएको वडा अध्यक्ष प्रदिप बुढथापाले बताउनुभयो।

आफ्नो वडामा रहेका निर्माण योजना धेरै सम्पन्न गरिसकेको छ। बाकी रहेको ५ वटा आधा काम भैरहेको छ। त्यसलाई असार मसान्त भन्दा ३ महिना अगाडि सिध्याउन तरिकाले आफू स्थलगत अनुगमन निरन्तर गरेको छु। वडामा हुने विकास निम्ति आफू निर्माणकार्य रातदिन नभनी खटिएको छु। वडा विकास केहि खाचो छ। त्यसलाई पुरा गर्ने त्यतिकै जिम्मेवारी रहेको छ। जिम्मेवारी पुरा गर्ने आफ्नो कार्यकालमा पूरा गर्ने मिसन लागेको वडा अध्यक्ष थापाले बताएका छन।

आर्थिक वर्ष २०८०/०८१ का पालिका अन्तर्गतका निर्माण योजनाहरु लागत अनुमान अनुसार काम सम्पन्न गराउन उपभोक्ता समितीलाई जानकारी दिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन। कुनैपनि निर्माण योजना गाउँपालिका टोली बिना अनुगमनमा रकम निकास गरिने छैन। प्राबिधिक लागत अनुमान अनुसार निर्माण काम सम्पन्न गराए मात्र गाउँपालिका भुक्तानी प्रक्रियामा अगाडि बढाइने गरिएको पालिका अध्यक्ष मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २, २०८० 0८:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट