October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0४:१0
राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा भलिबल विधामा सर्वउत्कृष्ट स्थान ११ वर्षीय रिजन बुढथापा सम्मान पत्र दिएको छ।

” स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियानमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद संयोजकत्वमा हिमाली गाउँपालिका द्रारा पौष महिनाको ६ गते देखी ९ गतेसम्म आयोजित गरिएको थियो।

अन्तर माध्यमिक बिधालय स्तरीय अध्यक्ष तथा राष्ट्रपति रनिङ सिल्ड खेलकु्द २०८० प्रतियोगितामा भलिबल विधामा सर्वउत्कृष्ट स्थान हासिल गर्नु भएको बागेश्वरी माध्यमिक बिधालय हिमाली गाउँपालिका वडा नम्बर ५ का छात्र रिजन बुढथापालाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले प्रमाणपत्र मेटल र कप हस्तान्तरण गरेका छ्न। थप प्रगतिको शुभकामना व्यक्त गर्दै उज्यालो भविष्यको कामना समेत पालिका अध्यक्ष मल्लले दिएको राज मलालले बताएका छन।

उनको पढाई अहिले कक्षा ७ मा अध्यनरत रहेको छन। भने हाल ११ वर्षको उमेर भएको छ। रिजन बुढथापले आफ्नो दुई वर्षको उमेरमा बुवा गुमाएका हुन। पढाई क्षेत्रमा पनि उत्तिकै लगनशील र मेहनत रहेकोे उनका आफन्तले जनाएका छ्न।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट