October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

काेल्टी बस संचालनकाे लागि अनुमति दिइयाे

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख २०, २०८१ १६:२३
काेल्टी  बस संचालनकाे लागि अनुमति दिइयाे

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी  देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे ।   बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय भएको  प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलले बताएका छन । काेल्टी क्षेत्रका नागरीकको आवात जावतमा हुने कठिनाईलाई मध्यनजर गर्दै कोल्टी मार्तडी सडक खण्डमा बस  सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए ।

गत चैत्र २२ को जगन्नाथ, सुदुरपश्चिम र भेरी यातायात सेवा प्रालीको स्थलगत निरीक्षण पश्चात दिवा तथा रात्री बस सेवा सञ्चालनका लागि माग भए अनुसार उक्त उक्त निर्णय भएको प्रमुख जिल्ला अधिकारी  पौडेलले बताएका छन् । बैठकले मार्तडी कोल्टी सडक खण्डमा यातायात प्रा.ली संग रात्री बसको हकमा ८ वर्ष ननाघेका तथा दिवा बसको हकमा १० वर्ष ननाघेका कम्तिमा ५ वटा बस हुनुपर्ने  निर्णय गरेको छ ।

 बुढीनन्दा, बडीमालिका र बुढिगंगा नगरपालिकाले आकस्मिक रुपमा आइपर्ने सामान्य खालका मर्मत सम्भार गरी सडक सुचारु गर्ने, बाटो सही कायम गरी सडक सञ्चालनमा ल्याउन सडकको वरपरका हटाउनु पर्ने संरचना तत्काल हटाउने र नेपाल सरकारको नीति नियम अनुसार आवश्यक सहयोगको पहल गर्ने निर्णय भएको छ ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण मार्तडी–कोल्टी सडक खण्डकाका कारण बस चल्ने संकेत भने देखीदैन । सडक निर्माण नभइसकेकाले साे सडकमा तत्काल बस सेवा संचालनमा समस्या हुने यातायात ब्यबासायीले बताउने गरेका छन् ।   विशेषगरी मार्तडी–कोल्टी ४२  किलोमिटर सडक खण्डमा चल्ने जीप चलाउन त समस्या छ बसलाइ त झन समस्या हुने यातायात ब्यबासायीले बताउने गरेका छन।  मार्तडी कोल्टी यात्रा गर्दा बस सेवा सुचारु भए, यात्रु पाँच सय रुपैंयामा कोल्टी पुग्ने देखिन्छ । अहिले जीपमा यात्रा गर्दा प्रति ब्यक्तीले एक हजार देखि १२⁄१५ सय रुपैंया तिर्नु परेको छ । सडककाे स्तरनाेत्ती गरेर  बस संचालन हुने हाे भने प्रति ब्यक्ती पाँच सय रुपैंया तिरेर कोल्टी पुगिने देखीएकाे छ। सडककै कारण यात्रुहरु महंँगो भाडा तिरेर आवागमन गर्न बाध्य छन्।

  • सेती कर्णाली खबर
  • -