October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० १६:४0
बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 
  1. बाजुरा –  धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
    घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिएका छन् ।
    बडीमालिकाको दर्शनका लागि गएका उक्त भक्तालु सोमबार दिउँसो १ बजेर ४५ मिनेटमा  त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा फेलापरका न्याैपानलाईे दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा संचालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजन सहित प्राथमिक उपचार गरिरेहको प्रहरी नायव उपरिक्षक बोहराले बताए ।
    लडेर घाईते भइ बेहोस भएका न्यौपानेको उद्धार तथा अस्पताल लैजाने कार्यको लागि नेपाली सेनाको ल्ब्–NA–061 वेल हेली सुर्खेतबाट आएको भएपनि मौसम खरावीका कारण त्रिवेणी धाममा बस्न नसकेपछि फकिएको प्रहरी नायव उपरिक्षक बोहराको भनाई रहेको छ ।
    घाइते भएर बेहोस भएका न्यौपाने बर्वराउने र बेला बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान पर्ने दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्र बहादुर सिंहले बताएका छन् ।
    न्यौपानेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर  बडीमालिका गएपनि प्रतिकुल मौसमका कारण मार्तडीमा फर्किएर  रहेको दुर्गाभञ्जन गुल्ममा राखिएको छ ।
  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट