October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

बाजुरा अस्पतालका डाक्टर बडीमालिका तिर बिरामी अस्पताल तिर

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १०, २०८० १२:११
बाजुरा अस्पतालका डाक्टर बडीमालिका तिर बिरामी अस्पताल तिर

राजेन्द्र वि.क./बाजुरा- छाती दुख्ने बिरामले उग्र रुप लिएपछी उपचारका लागि गौमुल गाउँपालिका २ बाट आएकी ३१ बर्षिया अमृता सार्की र शरीर बल्झिरहने रोगले ग्रसित २६ बर्षिया बांचु रोकाया हिजो बिहानै बच्चा बोकेर पैदल यात्रा गरि सांझपख सदरमुकाम मार्तडी पुगिन् ।

भोलि अस्पताल जाउंला र उपचार पछि घर फर्किउला भन्ने आशामा रहेकी उनिहरु जब आज ठिक १०बजे अस्पताल बाजुरामा पुगिन र पुर्जा काटी ओपिडिमा गैन अनि भनियो तपाईलाई भएको बिराम बारे हेर्ने डाक्टर मालिका जानू भएको छ अर्को हप्ता आउनु अनि उनिहरुको उपचार पाउने आशा निराशामा परिणत भयो र सार्की र रोकाया बिरामी शरीर बोकेर घर फर्किन्। घुंडा दुख्ने बिराम जचाउन बडिमालिका ५ मना बाट आएकि शान्ति विक ले पनि अमृता र बांचुकै जस्तो जवाफ ओपिडिका डाक्टर बाट पाएपछी घर फर्किन बाध्य हुनुपर्यो।

बडिमालिका तिर्थ यात्रा शुरु भए संगै डाक्टर हरु पनि बडिमालिकाका लागि प्रस्थान गरेपछि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि गएका बिरामिहरु उपचार नपाइ फर्किनु पर्ने अवस्था सिर्जना भएको छ।शुक्ल चतुर्दशिका दिन लाग्ने बडिमालिका मेलामा सहभागी हुन जिल्लाको सरकारी टोलि संगै डाक्टरहरु समेत त्यसतर्फ गएपछी जिल्ला अस्पताल बाट दिइदै आएको उपचार सेवा प्रभावित बनेको हो।
अस्पताल बाजुरामा कार्यरत अहेव मान बहादुर नेपालिका अनुसार अधिकांस डाक्टरहरु दर्शन तथा स्वास्थ्य शिविर संचालनका लागि मालिका गएपछी सबै प्रकारका उपचार सेवा दिन समस्या भएको छ। आज ओपिडी भिडियो एक्सरे लगायत चेकजाँचका कामहरू डाक्टर शाश्वत कुंवर एक्लैले हेरेका थिय एक मात्र डाक्टरले धेरै बिरामिहरु हेर्नू पर्दा उपचार सेवामा स्वभाबैले समस्या उत्पन्न भएको अस्पतालमा कार्यरत एक अनमिले बताइन्।
स्त्री रोग विशेषज्ञ समेत बडिमालिका गएकाले स्त्री रोग संग संबंधित पिडित महिलाहरू सुझाव सल्लाह बेगर घर फर्किएका छन्।
१८ जना दरबन्दी रहेको अस्पताल बाजुरामा बाजुरामा तीन जना विशेषज्ञ एकजना एमडिजिपि सहित हाल ११ जना चिकित्सकको पदपूर्ति रहेको छ।अस्पताल स्थापना पछिकै पहिलो पटक १० जना चिकित्सकले एकसाथ उपचार सेवा दिइरहेको अस्पताल बाजुरामा करार सहित ८९जना कर्मचारीहरु नियमित सेवामा छन् ।बडिमालिका तिर्थयात्रा शुरु भए संगै डाक्टर हरु त्यसतर्फ गएपछी करिब एक हप्ता सम्म भने उपचार सेवा प्रभावित हुने भएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १०, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट