October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा कार्यालय सहयोगी नियुक्तिका लागि काङ्ग्रेसको लिखित निर्णय

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३०, २०८० 00:११
वडा कार्यालय सहयोगी नियुक्तिका लागि काङ्ग्रेसको लिखित निर्णय

दार्चुलाः दार्चुलाको एक गाउँपालिकामा कार्यालय सहयोगी नियुक्ति गर्नका लागि नेपाली काँग्रेसले वडा समितिकै निर्णय गरेको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–३ मा कार्यालय सहयोगी भर्ना गर्न वडा समितिले लिखित निर्णय गरेको हो।

वडा सभापति तारा कार्कीको अध्यक्षतामा साउन २१ गते बसेको बैठकले वडाको कर्मचारी राख्न पार्टीको निर्णय गरेको हो।

‘अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय सहयोगीमा नेपाली काँग्रेसको तर्फबाट हुनुपर्छ भन्ने निर्णय सर्वसम्मतबाट पारित गरियो, निर्णयमा भनिएको छ।

गठबन्धनको सरकार रहेको अपिहिमाल गाउँपालिकामा यसअघि पनि कर्मचारी भर्नामा भागवण्डा गरिएको थियो। तर, अहिले भने काँग्रेसले लिखित रूपमै पार्टीको निर्णय गरेर आफ्नो कर्मचारी हुनुपर्छ भन्ने उल्लेख गरेको छ। 

अपिहिमालमा नेकपा माओवादी केन्द्रबाट भगतसिंह ठेकरे अध्यक्ष र काँग्रेसका देवकी बोहरा उपाध्यक्ष छन्।स्रोत-unitykhabar.com

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३०, २०८० 00:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट