December 8, 2025 | सोमवार, मंसिर २३, २०८२

बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० 0१:१६

जग्गा अधिग्रहणले तीव्रता नपाउँदा तेस्रो चरणको बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा परेको छ । पहिलो खण्डअन्तर्गत जयनगर–कुर्था ३५ किलोमिटर २० चैत ०७८ र दोस्रो खण्डअन्तर्गत कुर्थादेखि महोत्तरीको भँगहा–बिलजपुरासम्म १७ किलोमिटर ३२ असार ०८० मा गरी ५२ किलोमिटर रेल सेवा सञ्चालनमा छ । तर, तेस्रो खण्डको रेल सेवाका लागि भने ट्र्याक निर्माणको काम नै सुरु हुन सकेको छैन ।

जब कि जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेल सञ्चालनको ट्र्याक निर्माणका लागि नेपालले भारतीय पक्षलाई तत्काल जग्गा उपलब्ध गराउने सम्झौता १३ वर्षअघि भएको थियो ।

रेल विभागको साइड कार्यालय जनकपुरधामका इन्जिनियर विनोद ओझाका अनुसार तेस्रो खण्डका लागि आवश्यक पर्ने जग्गामध्ये ७५ प्रतिशत अर्थात् दुई सय १४ बिघाको मात्र मुआब्जा वितरण गरेर अधिग्रहण भएको छ । जसबापत दुई अर्ब ३० करोड ४० लाख खर्च भइसकेको उनले जनाए । २५ प्रतिशत जग्गा अझै पनि अधिग्रहण हुन सकेको छैन ।

‘मुआब्जा विवादका कारण जग्गा अधिग्रहणमा ढिलाइ भइरहेको हो,’ ओझाले भने, ‘सरकारले जग्गाअनुसारको मुआब्जा दिने व्यवस्था गरेको छ । तर, केही जग्गाधनीले तोकिएभन्दा बढी रकम माग्दा समस्या भएको हो ।’

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गालाई तीन किसिमले वर्गीकरण गरी मुआब्जा वितरणको व्यवस्था छ । जसअन्तर्गत साविक भँगहा गाविस क्षेत्रमा मूल्य प्रतिकट्ठा एक लाख ५० हजारदेखि आठ लाखसम्म, किसाननगरमा प्रतिकट्ठा दुई लाखदेखि आठ लाखसम्म, आदर्शनगर–बेंगाडावरमा प्रतिकट्ठा ६ लाखदेखि ३५ लाखसम्म र बर्दिबासमा प्रतिकट्ठा आठ लाखदेखि ८१ लाखसम्म मुआब्जा वितरण गरिएको छ ।

मंसिरसम्म जग्गा अधिग्रहण गरिसक्ने दाबी
रेल विभागले आगामी मंसिरसम्म जग्गा अधिग्रहणको काम सकेर ट्र्याक निर्माणका लागि भारतीय पक्षलाई दिने दाबी गरेको छ । भारतीय सरकारको अधीनमा रहेको कम्पनी इरकाँनले यस क्षेत्रमा रेलको ट्र्याक निर्माणको काम गर्दै आएको छ । रेल विभागको साइड कार्यालय जनकपुरधामका इन्जिनियर विनोद ओझाले ट्र्याक निर्माणको काम सुरु भएको तीन वर्षभित्र बर्दिबाससम्म रेल सञ्चालन हुने बताए ।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० 0१:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।