October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाल-बालिकाको क्षेत्रमा रिपोटिंगका लागि पत्रकारहरुलाई तालिम

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २४, २०७९ १0:२२
बाल-बालिकाको क्षेत्रमा रिपोटिंगका लागि पत्रकारहरुलाई तालिम

हस्त चौलागाँई
कालिकोट -बालवालिकाको अधिकार तथा रिपोटिंगका लागि पत्रकारहरुलाई दुई दिने तालिम मान्ममा शुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) नेपालको सहजिकरणमा अभिमुखीकरण शुरु भएको हो । जिल्लामा कार्यरत संचारकर्मी तथा मिडियाकर्मीहरुलाई तालिम दिइएको छ ।
बाल अधिकार ,बाल संरक्षण ,वकाल ,पैरवी र रिपोटिंग सम्वन्धि पत्रकारहरुका लागि २ दिने अभिमुखीकरणमा १३ जना पत्रकारहरु उपस्थित रहेका छन् ।
वालवालिकाहरुको विभिन्न अधिकार तथा वालवालिकाको क्षेत्रमा रिपोटिंग गर्दा ध्यान दिनु पर्ने कुरा र समुदायले वालवालिकालाई गर्ने ब्यहावर र पत्रकारले खेल्ने भुमिकाका विषयमा पत्रकारहरुलाई अभिमुखीकरण दिइएको हो ।
२ दिने तालिममा इन्सेक प्रतिनिधी तथा पत्रकार काली बहादुर मल्लले कार्यक्रमको प्रशिक्षण गर्ने भएका छन् । सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) का अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगीले विगत लामो समयदेखि सादा नेपालले बालवालिकाको क्षेत्रमा विभिन्न क्रियाकलाप संचालन गदै आएको ब्यहोरा जानकारी गराउदै पत्रकारहरुले पनी बिशेष गरी बाल अधिकार,बालसंरक्षण,वकालत पैरवीका क्रियाकलापमा जोड दिनु पर्ने बताएका छन् । संचारकर्मी तथा मिडियाकर्मीहरुले बालवालिकाको क्षेत्रमा काम गदै तथा रिपोटिंग गर्दे आएको कुरा अवगत गराउदै अझै सक्रिय भएर लाग्न समेत आग्रह गरेका छन् ।
२ दिने तालिममा प्रशिक्षण कालि बहादुर मल्लले बाल अधिकार र बाल संरक्षण सम्वन्धी रिपोटिंग,आचारसंहिता,बाल विवाह न्युनिकरण रणनीती,बालहिंसा,दुव्यवहार अन्त्यका लागि कानुनी ब्यवस्था,पत्रकार आचार संहिताका विषयमा १३ जना पत्रकारहरुलाई अभिमुखीकरण दिने छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले सादा नेपालले वालवालिकाको क्षेत्रमा काम गदै र पत्रकारहरुलाई विभिन्न तालिम दिदै आएकाले धन्यवाद आभार ब्यक्त गदै महत्वपुर्ण तालिममा पत्रकारहरुले नतमस्तक भएर सिक्न अनुरोध गरेका छन् ।

  • सेती कर्णाली खबर
  • -